साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज हराएको सूचना !

यसरी हराउँदै गयो भने हराएको हरायै भयो भने त, सरासर बर्वाद हुन्छ । ए लौन, खोजी गरौँ ! तपाइँको, हाम्रो उसको, अरुको सारसौँदो लाज हराएको छ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

ए, लौन बर्वाद भो !
उसको, तपाइँको
मेरो, हाम्रो
टोपीभित्रैबाट टाउकोजत्रै लाज हराएको छ
काँधबाटै गम्छाजत्रै लाज हराएको छ
तुर्लुङ्ग झुण्डिएरै सही
मधौरु भएरै सही
निरन्तर ड्युटी गरेकै थियो
भन्छन् त भन्नेहरू ।

पैन्टबाटै, धोतीबाटै
हो क्या हो, सुरालबाटै पनि
एकाएक लाज हराएको छ
लाज हराएको बेलादेखि नै हो
साह्रै नराम्रो पनि राम्रो राम्रो देखिन थालेको
कोमल कोमल पनि चाम्रो चाम्रो लेखिन थालेको
लाज हराएपछि नै त हो
वीभत्स दृश्यहरू पनि शृङ्गारिक देखिन थालेको
करुण रसमा पनि हास्य उत्पन्न हुन थालेको
दुहुना गाई मासेर गधा पाल्न थालेको
लैनो भैँसी काटेर मोमो बेच्न थालेको ।

हो क्या हो !
लाज हराएकै हो !
लाज हराएपछि नै हो
बुद्धिजीवीहरूको दिमागबाट
बुद्धि हराएको
विद्वानहरूको चेतनाबाट
विद्वता र विवेक हराएको
भाषण कोच्याउने र प्रवचन पियाउनेहरूबाटै
नैतिकता र इमानदारी हराएको ।
बन्दाबन्दैको सडकबाट पीच हराएको
चल्दाचल्दैको सदनबाट स्पीच हराएको
बज्दाबज्दैको गीतबाट धून हराएको
कर्तव्यको चाङबाट गुन हराएको ।

लाज हराएपछि नै त हो
भुँडी चर्किने गरी घिचिबक्सदा पनि
अझै चित्त नबुझेको
केजाती फुट्ने गरी व्यभिचार गरिसिँदा पनि
अझै धीत् नमरेको
भक्तहरूबाटै भगवान असुरक्षित हुन थालेको
रक्षकहरूको हातबाटै सुरक्षा बलात्कृत हुन थालेको ।

लाज हराएपछि नै हो
“जिन्दावाद!” जिस्किन थालेको
“मूर्दावाद !” मस्किन थालेको
तेरो लाज र मेरो लाज
तपाइँको र हाम्रो लाज
यसरी हराउँदै गयो भने
हराएको हरायै भयो भने
त, सरासर बर्वाद हुन्छ ।

ए लौन, खोजी गरौँ !
तपाइँको, हाम्रो
उसको, अरुको
सारसौँदो लाज हराएको छ ।

०००
सिनामङ्गल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x