साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिनारी

जहाँ टेके त्यहीं बिगार्ने भस्मासुर बने विदेशीका हुण्डी खाएर कति कति गीत लेखे गितकारको परिचयमा बिगतका कर्तूतहरू छोपे प्रमुख अतिथिका भेषमा ढोंङगका आलाप पोखे ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

मैले नाम लेखिरहनु पर्दैन
थर र ठेगाना पनि लेख्नुपर्दैन
उनका कर्महरू मात्र नै
उनलाई चिनाउन पर्याप्त छन् ।।

विद्वताको अब्बल परिचय छ उनको
कानून न्यायका गतिला जानकार बने
लेखनक्षमताका कुशल रचनाकार बने
चौतर्फी सुनाम छरिएका पात्र बने।।

तर आचरणमा उनी
स्वजातीयताको पृष्ठपोषक बने
सुनामको खोल ओडेर घुस खाए
विदेशीहरूसँग अचाक्ली राम्रो सम्बन्ध बनाए
उनीहरूका नाङ्गा स्वार्थहरूका संवाहक बने।।

आइएनजीओ लाई संस्थामा भित्र्याउने चाल रचे
तिनकै खर्चबर्चमा पटकौं विदेशका शयर गरे
फैसलामा एनजीओकरण गरेर देखाए
न्यायिक सवच्छताको चीरहरण गरेर पदबाट अस्ताए ।।

सत्ताको राजनीतिक प्रभावमा नियुक्ति गरे
कुनै कानूनी व्यवस्था बेगर सहकर्मीलाई विदा गरे
अस्थायीमा नियुक्ति भएकाको जागीर खोसे
ओहदाधारीहरूका विरोध र आलोचना खेपे ।।

उनी संस्थाको सर्वोच्च पदमा पुगे
तर संस्था सुधारको कुनै कामगर्न सकेनन्
पदमुक्त बने पछि पनि संस्थामा हावी भइरहे
त्यही सर्वोच्च पदमा पुग्ने माथि दबाब दिइरहे ।।

अवकाश पछि पुन: पदाशिन हुने सपना देखे
सपना साकार पार्न अनुयायी मार्फत विज्ञप्ति लेखे
कसैकसैका समुन्नतिका बाटा छेके
मर्यादाहरू नाघेर देश विदेशमा कसैलाई भेटे
अनि उनको प्रगतिको लागि बाटा खोले।।

राष्ट्रप्रमुख बन्ने होडबाजीमा धेरै पटक रोटी सेके
जिल्ला दौडाहामा हिंडेर अतितका अनुजहरू भेटे
कसैलाई धरौटीमा छुटाउन हदैसम्मको प्रयास गरे
स्वार्थका रोटी पकाउन राजनीतिक गठजोड रचे ।।

जहाँ टेके त्यहीं बिगार्ने भस्मासुर बने
विदेशीका हुण्डी खाएर कति कति गीत लेखे
गितकारको परिचयमा बिगतका कर्तूतहरू छोपे
प्रमुख अतिथिका भेषमा ढोंङगका आलाप पोखे ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x