साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीरसायन

"गाउँको विकास गर्छु भनेर गाउँमुलीको पद हात पार्ने। अनि कुर्सीमा बसेर गाउँले र गाउँका लागि केही नगर्ने अझ मेरो दोष छैन भन्ने ?" गाउँलेहरु झोक्किदै कराए।

Nepal Telecom ad

इन्दिरा चापागाईं :

यस पटक कुर्सीमा राखिएको त्यागी नेताले पनि आखिर “जुन जोगी आए पनि कानै चिरेको, झोलै भिरेको” भन्ने उखान चरितार्थ पार्यो। वृद्ध बाले चिन्ता व्यक्त गरे ।

“यी माइलाबाले गरिबी, रोग, भोक हटाउँन सकेनन् । गाउँको हित हेरेनन्। छिमेकीसँग हात थापेर कहिले उँभो लाग्नु ?” भन्दै छोरापुस्ताले माइलाबालाई गाउँमुलीको कुर्सीबाट निकालेका थिए । ‘यसले चाहिँ गाउँको विकास गर्छ’ भनेर एक भाइलाई चुनेर गाउँमुलीको कुर्सीमा बसाएका थिए । उसले आफ्नो र आफन्तको मात्र भलाई गर्यो। यसरी गाउँमुली फेर्ने क्रम धेरैपटक चलिसकेको थियो । तर गाउँले र गाउँको अबस्था उस्तै। गाउँलेहरु दिक्क भएर “सहिदहरुले चित्त दुखाएको हाम्रो गाउँमा जो मुली भए पनि केही नगर्ने रहेछन्। सुख,शान्ति, समृध्दिको आशा गर्नु नै बेकार छ” भन्ने गर्थे।

“ए बाबा ! ऊ त यस्तो मान्छे होइन। किन यस्तो गर्यो होला ?” भनेर एक वृध्द बाले सोधे,

“तिमीबाट गाउँलेले कत्रो आशा राखेका थिए, आखिर किन धोका दियौ गाउँमुली ! यी निर्दोष गाउँलेलाई ?”

“यसमा मेरो दोष केही छैन।”

“गाउँको विकास गर्छु भनेर गाउँमुलीको पद हात पार्ने। अनि कुर्सीमा बसेर गाउँले र गाउँका लागि केही नगर्ने अझ मेरो दोष छैन भन्ने ?” गाउँलेहरु झोक्किदै कराए।

“त्यहाँ बसेपछि आफू, आफ्ना सात पुस्ता र आफन्त मात्र देखिँदो रहेछ।त्यो कुर्सीको रसायन नै त्यस्तो। ” गाउँमुलीले सानसँग जवाफ दियो।

०००
हाल सल्लाघारी भक्तपुर ।
लघुकथा सङ्ग्रह ‘अन्त्यहीन परिधि’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मृत्युपुकार

मृत्युपुकार

इन्दिरा चापागाईं
विछोडको पीडा

विछोडको पीडा

इन्दिरा चापागाईं
मन्त्री बन्नलाई योग्यता

मन्त्री बन्नलाई योग्यता

इन्दिरा चापागाईं
स्वास्नी महात्म्य

स्वास्नी महात्म्य

इन्दिरा चापागाईं
हिसाब किताब बराबर

हिसाब किताब बराबर

इन्दिरा चापागाईं
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x