इन्दिरा चापागाईंकुर्सीरसायन
"गाउँको विकास गर्छु भनेर गाउँमुलीको पद हात पार्ने। अनि कुर्सीमा बसेर गाउँले र गाउँका लागि केही नगर्ने अझ मेरो दोष छैन भन्ने ?" गाउँलेहरु झोक्किदै कराए।

इन्दिरा चापागाईं :
यस पटक कुर्सीमा राखिएको त्यागी नेताले पनि आखिर “जुन जोगी आए पनि कानै चिरेको, झोलै भिरेको” भन्ने उखान चरितार्थ पार्यो। वृद्ध बाले चिन्ता व्यक्त गरे ।
“यी माइलाबाले गरिबी, रोग, भोक हटाउँन सकेनन् । गाउँको हित हेरेनन्। छिमेकीसँग हात थापेर कहिले उँभो लाग्नु ?” भन्दै छोरापुस्ताले माइलाबालाई गाउँमुलीको कुर्सीबाट निकालेका थिए । ‘यसले चाहिँ गाउँको विकास गर्छ’ भनेर एक भाइलाई चुनेर गाउँमुलीको कुर्सीमा बसाएका थिए । उसले आफ्नो र आफन्तको मात्र भलाई गर्यो। यसरी गाउँमुली फेर्ने क्रम धेरैपटक चलिसकेको थियो । तर गाउँले र गाउँको अबस्था उस्तै। गाउँलेहरु दिक्क भएर “सहिदहरुले चित्त दुखाएको हाम्रो गाउँमा जो मुली भए पनि केही नगर्ने रहेछन्। सुख,शान्ति, समृध्दिको आशा गर्नु नै बेकार छ” भन्ने गर्थे।
“ए बाबा ! ऊ त यस्तो मान्छे होइन। किन यस्तो गर्यो होला ?” भनेर एक वृध्द बाले सोधे,
“तिमीबाट गाउँलेले कत्रो आशा राखेका थिए, आखिर किन धोका दियौ गाउँमुली ! यी निर्दोष गाउँलेलाई ?”
“यसमा मेरो दोष केही छैन।”
“गाउँको विकास गर्छु भनेर गाउँमुलीको पद हात पार्ने। अनि कुर्सीमा बसेर गाउँले र गाउँका लागि केही नगर्ने अझ मेरो दोष छैन भन्ने ?” गाउँलेहरु झोक्किदै कराए।
“त्यहाँ बसेपछि आफू, आफ्ना सात पुस्ता र आफन्त मात्र देखिँदो रहेछ।त्यो कुर्सीको रसायन नै त्यस्तो। ” गाउँमुलीले सानसँग जवाफ दियो।
०००
हाल सल्लाघारी भक्तपुर ।
लघुकथा सङ्ग्रह ‘अन्त्यहीन परिधि’
Subscribe
Login
0 Comments
Oldest








































