साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बन्नलाई योग्यता

हेर्नुस् त, गुण्डागर्दी गर्ने मसल छ नैतिकता किनबेच गर्ने पसल छ नागरिकता खरिदबिक्री गर्ने क्षमता छ एबीसी कार्यान्वयन गर्ने सक्षमता छ के फलाक्दै छ भनेर छक्क पर्नु भाछ ?

Nepal Telecom ad

इन्दिरा चापागाईं :

बुझ्नु भो ? महाशय !
म मन्त्री बन्न योग्य छु
कसरी ?
मसँग सूनलाई लसुन बनाउँने कला छ
अरुको अपमान र आफ्नो गुणगान गाउँने गला छ
महिला हिंसामा लिप्त छु
भ्रष्टाचारमा पनि पोख्त छु
आफ्नो देश लुट्न जति पनि सक्छु
कार्यकर्ताको बुध्दि भुट्न जति पनि खट्छु
यति मात्र होइन
मसँग सहकारी डुबाउँने सीप छ
पार्टीको मूलमन्त्र, यस्तै यस्तै ह्वीप छ
नागरिकलाई शरणार्थी बनाउँने तागत छ
मान्छे वेपत्ता बनाउँनेसँग मिलीभगत छ
थुप्रै दिदी वैनीलाई नाङ्गै नचाउँन छु
इटा भट्टामा मजदुरलाई जिउँदै जलाउँन सक्छु
यति मात्र कहाँ हो र,
हेर्नुस् त, गुण्डागर्दी गर्ने मसल छ
नैतिकता किनबेच गर्ने पसल छ
नागरिकता खरिदबिक्री गर्ने क्षमता छ
एबीसी कार्यान्वयन गर्ने सक्षमता छ
के फलाक्दै छ भनेर छक्क पर्नु भाछ ?
यो मेरो मन्त्री हुने योग्यता हो
यति भएपछि त सरकारमा जाने पक्का छ ।
(एबीसी भन्नाले आफ्नो मान्छे, भनसुन, चाकरी)

०००
सूर्यविनायक न.पा. ५, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
मृत्युपुकार

मृत्युपुकार

इन्दिरा चापागाईं
विछोडको पीडा

विछोडको पीडा

इन्दिरा चापागाईं
स्वास्नी महात्म्य

स्वास्नी महात्म्य

इन्दिरा चापागाईं
हिसाब किताब बराबर

हिसाब किताब बराबर

इन्दिरा चापागाईं
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x