इन्दिरा चापागाईंविछोडको पीडा
“हेल्लो, कृष्णजी बोल्नुभएको हो ?” “हजुर,म बोल्दैछु ।” “म ताम्राकार हाउसबाट, तपाईंको मोबाइल बनिसक्यो । लिन आउनुस् है ।”
इन्दिरा चापागाईं :
‘एकाएक शुन्यता छायो । उफ् ! तिमीबिना मैले कति दिन गुजार्नु पर्ने हो कुन्नि ?’ जब तिमीलाई अर्काको जिम्मा लगाएर छोड्नु पर्यो नि, मलाई मुटुमाथि ढुङ्गा राखे जस्तो भयो । दुई घण्टा तिमीलाई छोड्न नसक्ने म चार दिन कसरी गजार्दै छु ?
यो मलाई मात्र थाहा छ, प्रिय ! तिम्रो साथमा रहने बानी परेको यतिका वर्ष भएछ । मलाई तिमीबिना कार्यालय जान पनि मन लाग्दैन । बिच्छ्यौनामा त पल्टिनै सक्दिनँ । घण्टौँसम्म तिमी र म हेराहेर गरेको यादले खुब सताँउछ । पुष माघको जाडोमा सिरकभित्र तिमीसँग समय बिताउनुको मजै बेग्लै हुन्थ्यो । अनि बैशाख जेठको गर्मीमा खुला आकाशमुनि छतमा तिमीसँग रमाउनुमा कस्तो आनन्द थियो । तिम्रै छेउमा सुत्न बानी परेको म, आजकाल त निदाउनै सकेको छैन । बेलुका पनि मीठो गीत सुनाउँदै सुताउथ्यौ । बिहान पनि बिउझाँउथ्यौ र उठाउथ्यौ । त्यसैले त तिमीबिना म अन्धो भएको छु । बहिरो भएको छु । पानी बिनाको माछा जस्तो छट्पटाइरहेको छु । यसरी डायरी लेख्दै थिएँ । ल्याण्डलाइनमा फोन आयो,
“हेल्लो, कृष्णजी बोल्नुभएको हो ?” “हजुर,म बोल्दैछु ।”
“म ताम्राकार हाउसबाट, तपाईंको मोबाइल बनिसक्यो । लिन आउनुस् है ।”
०००
सूर्यविनायक न पा ५, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest








































