साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिक्सिको छ जता पनि

सिक्सिकाउँछ रे मान्छे खट्पटाउँछ यो मन फिट्फिटाएर बाँच्तैछु भत्भताउँछ जीवन । देखेर सुख अर्काको मान्छे मर्छ जलीकन फलानो दुखिया भन्छन् कस्को दुख्छ र जीवन ?

Nepal Telecom ad

पदम दाहाल :

सिक्सिको चक्चके चाला विश्वब्रह्माण्ड यो तला
छिप्छिपे छुक्छुके धन्दा धन्य मानिसको कला ! ।१।

धर्मभित्र फसाइन्छ सिक्सिकै छ जलाम्मय
कर्मभित्र रमाएको मान्छे को छ र तन्मय ? ।२।

बिधर्मी जन पाखण्डी दारी केश सजाउछन्
झुसे झुसिल्किरा कोरा पापिष्ठ अथुलाउछन् ।३।
भूराजनीति भूभार टोकसो छ जता पनि
दलाली खिल जञ्जाल कष्टकारी जता पनि ।४।

भूखण्ड खण्ड नेपाल पढूँ पहाड खोंच छन्
मान्छेका दिल बिन्दास सिक्सिकोमय सोच छन् ।५।

छिमेकी राल काढेर हाली मुहाली खोज्छ ऊ
सक्सकाएर सिक्सिको मझेरीनिर पुग्छ ऊ ।६।

जातजाति खुराफाती गोल बस्ती उचालिँदा
भेद विभेद औंल्याई नौटङ्की रचना फुँदा ।७।

सिक्सिको छ हिलोमैलो धिप्धिपे छ जुनी यहाँ
सकार्न सक्छ खै कस्ले मान्छे नै छ खुनी यहाँ ।८।

सिक्सिको तुल्बुलाएसि जाऊँ काहाँ भनिन्छ र ?
घिड्घिडो मनको धोको कैले सम्पूणर् हुन्छ र ? ।९।

जन्मभूमि थलो आफ्नै बिर्सिदैन कहाँ झरूँ ?
अजीणर् तन भै घृणा उब्जिएको छ के गरूँ ? ।१०।

सिक्सिकाउँछ रे मान्छे खट्पटाउँछ यो मन
फिट्फिटाएर बाँच्तैछु भत्भताउँछ जीवन ।११।

देखेर सुख अर्काको मान्छे मर्छ जलीकन
फलानो दुखिया भन्छन् कस्को दुख्छ र जीवन ? ।१२।

शोक सन्तप्त भोग्दैछ होस बेहोस मानिस
दायित्वबोध दिग्भ्रान्त बास खोज्दैछ मानिस ।१३।

०००
मादी न.पा. ६, सङ्खुवासभा,
हाल, लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x