साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्खाको भनाइ र हरिभक्तको कथा

जसले न राम्रोसँग पढ्यो लेख्यो नत मैले भनेको कुनै कुरा मान्यो उदण्ड र गुण्डा गर्दीको भरमा यो देशको शासन व्यवस्थाको हिस्सेदार भएर मञ्चमा आसिन छ र सबैको सलामी पाइरहेको छ ।

Nepal Telecom ad

बालकृष्ण खनाल:

हरिभकक्तका तिनभाइ छोरा जतिजति हुर्कँदै थिए त्यति त्यति उनले मीठा सपाना देख्न थाले । मेलापातबाट थाकेर लखतरान भएर घरपुग्दा । बर्सौटे एकएक वर्षको फरकमा जनमेका ति आफ्ना तिन दाजुभाइ छोराहरूका मामाले लाहोरबाट ल्याइदिएको एउटा खेलौना । एकआपसमा खोसाखोस गर्दै झगडिएर रुवाबासी गरेको देखेर । सिरको टोपि झीकेर पसिनाले भिझेको अनुहार र नाङगा पाखुरा पुछ्दै सुइअ लामो सुस्केरा हाल्दै । आफ्नी अर्धाङगिनीतिर हेरेर मुसुक्क मुस्कुराउँदै अब अरु दुइवटा छोरा पाउनपर्छ बुढी अनि पाण्डव भने पनि फरक पर्दैन । त्यसपछि हाम्रा दुःखका दिन हराउँछन् ।

तिमी कौसीमा बसेर घाम ताप्दै कपालकोरौली । म तिम्रो नजिकै बसेर चस्मा मिलाउँदै स्वस्थानी व्रतकथा र कृष्ण चरित्रका कहानी सुनाउँला । अनि बुढीले जङ्गिँदै भनीछन् भो पर्दैन अरु पाउन यिनैलाई राम्रो सङग हुर्काउन सके कति हो कति । आफूले पाएर हुर्काउन परे पो त थाहा हुन्छ । बिहान उठ्यो अर्काले बनाएको खाना खायो काममा गयो अनि बेलुका आयो यो सृष्टिनै मैले मात्रै धानेको छु जस्तो गर्‍यो ।

दुइचारदिन मात्रै घरमा बसेर यिनको हेरविचार गरेर मैले गर्ने काम गर्नुहोस् त । मैले बाहिर हजुरले गर्ने काम गर्छु अनि बुझ्नु हुनेछ भनिछन् । हरिभक्त ट्वाल्ल पारेर चुपचाप बसेर बुढीको अनुहार हेरिरहेका रहेछन् । बुढी थनथनाउँदै भान्सातिर लागिछन् । हेर्दाहेर्दै उसका ३ वटै छोरा स्कुल जाने भएछन् अनि उसले सरसतीको मुर्ती बानाएर श्री पन्चमीको दिन घरैमा थपना गरी पूजापाठ गरेर । सरस्वतीसँग आशिष मागेर स्कुल लगेर नाम लेखाएर शिक्षक शिक्षिकाको जिम्मा लगाएर घर आएर बुढीसँग भनेछ ।

हेर्दै जा बुढी हाम्रा छोरा टाँठा बाठा छन् अवश्य पढाइमा अवल निस्कने छन् । स्कुलका शिक्षक शिक्षिकाहरूले पानि ओहो हजुरका छोरा त त्रिरत्न नि पो रछन् कतिबाठाहुन भनेर दङग पर्दै थिए नि भनेछ । अनि बुढी मख्ख पर्दै मुसुक्क मुस्कुराउँदै भनिछन् । हजुर फर्कने बखत हामी पानि जान्छौ भनेर जिद्धी त गरेनन् ? के गर्थे रमाएका पो थिएत आफुहरू जस्तै धेरै साथीहरू भेटेर । बरू त्यो माइलो बदमासले अर्को बच्चाको कलम खोसिदिएछ मैले सम्झाएर उसको कलम फिर्ता गरिदिए ! त्यसो गर्न हुँदैन भनेर ।

यसरी उनीहरूका समय दिन महिना वर्ष बित्दै गए । कान्छो छोरा अक्षरसम्म चिन्न सक्ने भएर स्कुल जान नै छोडेछ बरू जोगी सन्याशी पण्डा पुरोहितहरूको सङ्गत गर्न पो लागेछ । उसलाई कसैगरी पनि स्कुल पठाउन सकेन छ हरिभक्तले माइलाले भने कैले जाने कैले नजाने गए पनि मन लगाएर नपढ्ने साथी भाइ खेल्ने समूह बनाउने हुलदङगा गर्ने । कसैबाट कुटिने कसैलाई कुट्ने खानेपिने ठेक्कापट्टामा च्याखे थाप्ने कमिसन खाने कृषकहरूको अनुदान मिलाइदिन्छु भन्ने आधा दिने आधा आफु खाने गुण्डागर्दी गर्ने गर्न लागेछ । एकदिन मुल्यवृद्धिको विरोधमा आन्दोलन हुँदैरहेछ उस्को माइलो पनि सरिक भएको रहेछ ।

त्यसै बखत आन्दोलनकारीहरूको भिडबाट छुटेको पत्थरले सुरक्षा कर्मीको कन्चेटमा लागेछ । अनि पुलिसले ऊ लगायत दर्जनौलाई गिरफ्तार गरेर लगेछ दोश्रो दिनसम्म अरु सबै चुटेछन् तर ऊ छुटेन छ । अनि हरिभक्त आफैँ गएर बिन्ती बिसाइ जमानत बसेर छुटाएछ र घर ल्याएर सम्झाउन लागेछ यसो नगर माइला हेरत दाजुको पढाइ कति अब्बल छ । प्रत्यक वर्ष छात्रवृत्ति पाउँछ उसका खातिर मैले आजसम्म एक पैसा लगानी गर्न परेको छैन । तैँले भने घरै कङ्गाल बनाइ सकिस् यसरी कसरी चल्छ भन त; आफै ?

एउटा छोरो सिल्ली जस्तो भयो जोगीका पछि लागेर हिड्छ । हैन मेरो भाग्य पनि कस्तो रहेछ साथी भाइले त भन्थे जेठो जन्मँदा बितिक्कै परिवार नियोजन गरिहाल । एक सन्तान ईश्वरको वरदान हुन्छ भनेर मैले त्यतिखेर उनीहरूलाई के जवाफ दिए थाहा छ थुक्क नामर्द हो छोराछोरी पाउन डराउने भनेर । अझै मेरो त अरु दुईवटा पाउने इच्छा थियो पाँच पाण्डव जस्तै तेरी आमा नमानेर पो हो त भनेछ ।

अनि बुढीसँग गएर लामो सास फेर्दै भनेछ छोराहरू हुर्केलान् पढ्लान् लेख्लान हामीले भनेको बाटो लाग्लान् र सुखका दिन आउलान् भन्ने सपना देखेको त झन दुःखका दिन पो आउछन् कि क्या हो बुढी भन्दो रहेछ । कान्छो हरायो कहाँ गयो कहा गयो माइलाको यो चाल छ कुन दिन यस्तै आन्दोलनमा लगेर सरकारसँग जोरी खोज्दा गोली खाएर मर्ने हो कि आजीवन कारागारमा सडेर मर्ने हो भनेछ । त्यही जेठाको आशा भरोसा छ त्यस्को पनि कतै बुद्धि नबिग्रोस् भनेर प्राथना गर्दछु म त भनेछ ।

केही वर्ष पछि राज्यको ज्यादतिले हो या विदेशीको चलखेल हो । देशमा महिनौ दिनसम्म पनि आन्दोलन रोकिएन । पुरा देशै ठप्प हुनेगरी चक्कजाम हड्ताल सङ्घसंस्था कल कारखाना स्कुल क्याम्पस लगायत सरकारी कर्मचारीहरू समेत कार्यालय बन्द गरेर आन्दोलनकारीहरूको साथ दिन लागेछन् । अनि सरकार आन्दोलनकारीहरूसँग बसेर कुरा गर्न सहमत भएपछि । एउटा सहमतिमा पुगेर आन्दोलनरत पक्ष पनि अन्तरिम सरकारमा सामेल भएछ । हरिभक्तको माइलो समेत त्यो मन्त्रीमण्डलमा कानुन मन्त्री भएछ ।

उता जेठो सहसचिवको पदमा कार्यरत थियो अब माइलाको मनमा बदलाको भवना जुर्मुराउन थाल्यो । सानैदेखि बाबा आमाको प्यारो भएर सधैँ मलाई सानो र निच हराम देखाउने पनि यही हो र आन्दोलनमा पनि सरकारी उच्च ओहोदाको पदमा बसेर हाम्रो आन्दोलन दवाउनमा यस्को पनि ठुलो हात छ अब यसलाई कहीँ न कहीँ नफसाई कहाँ छोड्छु र मौका परेको बखत भनेर उसलाइ फसाउने जुक्ति खोज्न लागेछ । उसले भने मेरो आफ्नै भाइले ममाथि के बेमानी गर्ला र भनेर उसको पुणर् विश्वासमा पारेछ । उसैको विश्वासमा पर्दा । पादको दुरुपयोग गरेर अनमित्ता गरेको भन्दै अख्तियारले कारागार चलान गरेछ ।

यो सुनेर हरिभक्त तालिँदै माइलो छोराकोमा पुगेछ मन्त्री हो जे भए पनि केही उपाय निकाल्छ कि भनेर । उसले यसो पो भनेछ त म पनि कति पल्ट जेल पारेर यहाँसम्म पुगेको हूँ । सरकारको बफादार नोकर शाह बनेर मलाई बारम्बार जेल चलान गर्नेमा त्यसको पनि त भूमिका थियो म त कसैसँग हारगुहार माग्न गएन त अहिले किन यतिसाह्रो चिन्ता बाबाको प्यारो लेखेपढेको विद्वान् छोरो भएर होला भनेछ ।

त्यस्का त्यस्ता कुरा सुनेर हरिभक्त छाँगाबाट खसेझै भएछ अनि सरासर कारागार पुगेर जेठालाई सम्पुण कुरा सुनाएछ । अनि उसले भनेछ उसैका कारण त आज मलाई नखाएको विष लागिरहेको छ बाबा भाइ भनेर विश्वास गरेको फल खाँदैछु ठिकै छ उसको धर्मले यही देख्यो म सत्य छु मलाई कुन्नि आत्मग्लानी छैन भनेछ । हरिभक्तको केहीदिन राजधानीमै अल्झिन पर्ने भएछ ऊ एकदिन खुलामन्चको आसपास टहलिँदै रहेछ । अगाडि पछाडि सुरक्षाकर्मीहरूको जमात पञ्चकन्याले चमार हम्कँदै बाजागाजा र धार्मिक झाँकीका साथ एकजना धर्म गुरु जस्तो देखिने मान्छे ।

त्यो सझिसजाउ झकिझकाउ मञ्चमा गाएर आसनगह्रण गर्दछ । हरिभक्तले टाढाबाट हेर्छ कतै देखे देखे जस्तो मान्छ तर पनि ती मान्छेको भिँडको बिचबाट नियाली रहन्छ । केहीबेर पछि साइरन बजाउँदै झण्डा हल्लाउँदै सुरक्षाकर्मीहरूको घेरा भित्रबाट उहीँ हरिभक्तको माइलो हात हल्लाउँदै रवाफकासाथ मञ्चमा गएर त्यही धर्म गुरु जस्तो देखिने मान्छेको पाउमा घोप्टिन्छ । अनि त्यसपछि आउने आमन्त्रित जनहरू सबैले उसैको पाउ छुँदै खादा र माला ओढाउदै आशिष माग्दछन् ।

केहीबेर पछि धर्म गुरु जस्तो देखिने मान्छेको प्रवचन सुरु हुन्छ त्यतिखेर उस्ले आफ्नो वास्तविक परिचय खुलाउँछ । उसको भाइ माइलो उसको मुखमा हेरेर दङ्ग पर्दछ जस्को ऊ अघि भरखरै पाउमा परेर दण्वत गरेको थियो । त्यसपछि हरिभक्तले मनमनै सोच्दछ जो पढेलेखेको बुद्धिमान भनेको छोरो नखाएको विष लागेझै नगरेको दोष लगेर जेल जीवन बिताउँदैछ । जसले न राम्रोसँग पढ्यो लेख्यो नत मैले भनेको कुनै कुरा मान्यो उदण्ड र गुण्डा गर्दीको भरमा यो देशको शासन व्यवस्थाको हिस्सेदार भएर मञ्चमा आसिन छ र सबैको सलामी पाइरहेको छ ।

जसले स्कुलै नगएर जोगी र भिखारीको सङ्गत गरेर १००मा ९० कुरा झुटा बोल्दै मान्छेलाई कल्पनाको स्वर्ग देखाएर यहाँसम्म पुग्यो उसैका पाउ छुन आतुर छन् । उच्च ओहोदाका सुरक्षाकर्मी निजामती सेवाका विशिष्ट अधिकारी ‘जननिर्वाचित कार्यकारी प्रमुख तँछाडमछाड गर्दै लाम बद्ध भएर । झुकेलो देख्दा कताकता पुर्खाहरूले भनेको सम्झिन्छ हेर बाबु नानी हो कुनैदिन संसारमा यस्तो व्यवस्था आउने छ जुन व्यवस्थामा नजान्नेले जान्ने माथि शासन गर्ने छ भनेको सम्झेर सायद त्यस्तो व्यवस्था नेपालबाटै सुरु हुन्छ कि क्या हो भन्ने सोच्दा घर पुगेर लामो सुस्केरा हाल्दै घेरो फाटेको टोपीले पसिना पुछ्दै ए बुढी एक अम्खरा पानी ल्या त भनेछ ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x