साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जति जिस्क्याउछौ जिस्क्याउ

बासमतीकोमा जाँदा पनि जिस्क्याकै छ बगडाकोमा जाँदा पनि जिस्क्याएकै छ मेला बजार जाँदा पनि जिस्क्याएकै छ गोठ बस्न जाँदा पनि जिस्क्याएकै छ ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

हैन, कति जिस्क्याउछौ ?
बाटो छेकेर पनि जिस्क्याउछौ
कोठा ढुकेर पनि जिस्क्याउछौ
मेला जाँदा पनि जिस्क्याउछौ
बजार जाँदा पनि जिस्क्याउछौ
जिस्क्याउने काम चाहिँ तिम्रा पिताको बपौति हो ?
कि सरकारी ठेकेदार हौ तिमी ?
जिस्क्याउने नै रहर भए
मेरो भित्री दिल खुल्नु पर्यो नि
अनि त
जति जिस्क्याछौ जिस्क्याउ

छोटो लुगा लगाउनै हुन्न, जिस्क्याकै छ
लामो लुगा लगायो, जिस्क्याएकै छ
टालेको लाउदा पनि जिस्क्याकै छ
प्वाल पारेर लाउदा पनि जिस्क्याकै छ
हैन कति जिस्क्यान सक्या भनेको
कि कन्चुकी र पेन्टी मात्रै लाउनु ?
कि भेष्ट र जाँघे मात्रै लाउनु ?
जिस्क्याउन तिमीले मात्र जानेको छ ?
साच्चै जिस्क्याउछौ भने,
ठूलाघरे जेठाले जिस्क्याए जस्तै
जति जिस्क्याछौ जिस्क्याउ

केश काटेर हिड्दा पनि जिस्क्याकै छ
भ्mयाप्ले भएर हिड्दा पनि जिस्क्याकै छ
पाखुरामा ट्याटु खोप्दा पनि जिस्क्याकै छ
पिडुल्लामा टालो बाध्दा पनि जिस्क्याकै छ
मलाई, किन ? कसैले देख्नै सक्दैन
के ट्यापे भनेर हेपेको हो ?
कि कबाडी भनेर हेपेको ?
हेप्न चाही नहेपौ है ब्रो
हाम्लाई पनि आउछ जिस्क्याउन
जिस्क्याउछौ नै भने
मलाई, मन पर्ने लुगा किनिदेउ
जति जिस्क्याछौ जिस्क्याउ

बासमतीकोमा जाँदा पनि जिस्क्याकै छ
बगडाकोमा जाँदा पनि जिस्क्याएकै छ
मेला बजार जाँदा पनि जिस्क्याएकै छ
गोठ बस्न जाँदा पनि जिस्क्याएकै छ
हैन मैले त कतै हिड्नै भएन त
के वेसुल्लो भनेर पेलेको ?
कि गणिका भनेर ठेलेको
जिस्क्याउने कुरामा म के कम
तिमीलाई जिस्क्याउने रहरै छ त ?
मेरा माग पुरा गर
जति जिस्क्याछौ जिस्क्याउ

०००
२०८१ श्रावण ३१,
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x