साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्जन

क्षितिजको किनारामा उभिएको सूर्यलाई अवलोकन गर्दै सिंहले भन्यो, “म अस्ताएँ र तिमी पनि अस्ताउँदैछौ ।” तत्क्षण केही नवयौवनहरूले ऊ समक्ष अहङ्कारपूर्ण गर्जना गरे, “हामी डमरु हौं ! शिरोभूषण हस्तान्तरण गर !!”

Nepal Telecom ad

युवराज मैनाली :

वनको एकान्त गुफामा युगान्तको बोझले थकित र घायल सिंह आफ्नो गौरवमय गर्जनको स्मृतीमा हराइरहेको थियो । बलोन्मत्त वनराज तन्द्रामग्न अवस्थामा रहँदा पनि त्रस्त हुने पशुहरू आज उमाथि ताण्डव गर्न उद्यत थिए ।

क्षितिजको किनारामा उभिएको सूर्यलाई अवलोकन गर्दै सिंहले भन्यो, “म अस्ताएँ र तिमी पनि अस्ताउँदैछौ ।”

तत्क्षण केही नवयौवनहरूले ऊ समक्ष अहङ्कारपूर्ण गर्जना गरे, “हामी डमरु हौं ! शिरोभूषण हस्तान्तरण गर !!”

स्मृतिपटलमा आफ्ना गर्जनका प्रतिध्वनिहरु श्रवण गरिरहेको वृद्ध सिंहले मुस्कुराउदै हृदयलाई भन्यो, “बलबान समय रहेछ, वज्रसमेत मैन समान प्रतित हुने यो देहसमक्ष यी कलिला डमरूको हुँकार ! धिक्कार छ मेरो जिन्दगी !!”

अन्ततः रविले क्षितिजसँग विदा मागे र सिंहले नश्वर देहसँग । तत्क्षण डमरुहरुको नव गर्जनले जंगल पुनः कम्पायमान भयो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Sanu Raja Shrestha
Sanu Raja Shrestha
9 months ago

समय सापेक्ष सटीक लघुकथा, बधाई छ हजुर …

Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
1
0
Would love your thoughts, please comment.x
()
x