साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भ्रष्टाचार गर्दिन

मेरो देश र टाउको उस्तै–उस्तै सधैँ ढाकछोप गर्नुपर्ने कनिकाको खोले खाई बोक्रे रवाफ छर्नुपर्ने अरुले जे गरुन् गरिरहुन् म आँखा तर्दिन दिन्छन्, लिन्छु, लिन्छु, दिन्छन् तर म भ्रष्टाचार गर्दै गर्दिन ।

Nepal Telecom ad

अनिल KH पाैडेल :

पाँच बजे नै भान्सामा सिठी बज्छ
त्यही हो मेरो अलार्म क्लक मलाई जगाउने
जुरुक्क उठ्छु, काम सुरू स्त्री लगाउने

आठ बज्दा बच्चा उठ्छन्
खाना कोच्याउने उठ्ने बित्तिकै
थाङ्ना भिराउने, भिर्ने चुठ्ने बित्तिकै
नाै बज्दा बच्चालाई स्कुलमा फालेर
बत्तिएर आउँदा बाटोमा तपाईंको सवारी रहेछ, जामले छेक्यो
म त अफिसमा बरालिने हो, तर तपैँको जडुली कामले छेक्यो
छैन छहारी, घामले छेक्यो
एघार बज्यो अफिस पुग्दा
ढोकैमाथि “म भ्रष्टाचार गर्दिन” कसले लेख्यो ?

अब भन्नुहोस्…के म यो सरकारको लागि भार हो ?
तपैँकै कारण ढिलो आइपुगेँ…के यो भ्रष्टाचार हो ?

सरकार तैँले दिएको तलब आधा
कोशेली पेडा किन्दा सकिन्छ
बाँकि आधा एक, दुई धार्नी
आलुका गेडा किन्दा सकिन्छ
तेस्रो दिनमै खल्ती खाली तत्काल माथि चल्छु जस्तो हुन्छ
अड्डाको मेच फनन्न घुम्दा रिँगटा लागेर ढल्छु जस्तो हुन्छ

बिस्तारै अडिन्छु तालु मुसार्छु
कर्मठ हात टेबलमुनि घुसार्छु
एैँच्याएर समाउँछु भुईँमा छर्दिन
त्यसपछि मन्त्र सम्झन्छु….म भ्रष्टाचार गर्दिन

गीताको श्लोक घाँटीमा छ, गायत्री मन्त्र ओठमा छ
अघि भर्खरै पढेको “मन्त्र” भित्री गोजी कोटमा छ
यस्तै मन्त्र ४/५ पटक पढ्न मन छ पढाउने मान्छे पर्खन्छु
मन्त्र पढाएर, थोरै भेटी चढाउने मान्छे पर्खन्छु

माग्ने संस्कार हैन मेरो तर दिएको इन्कार गर्नु हुँदैन
दैनिक खल्ती आधा भरिन्छ, पूरा त देशको लागि पनि भर्नु हुँदैन
मैले जति यो मन्त्र कसले कण्ठ पारेको होला !
पसिना भन्दा र्याल बढी अरु कसले झारेको होला !

देशकै चिन्ताले चाउरी परेको
देशकै चिन्ताले कपाल झरेको
मेरो देश र टाउको उस्तै–उस्तै
सधैँ ढाकछोप गर्नुपर्ने
कनिकाको खोले खाई बोक्रे रवाफ छर्नुपर्ने
अरुले जे गरुन् गरिरहुन् म आँखा तर्दिन
दिन्छन्, लिन्छु, लिन्छु, दिन्छन् तर म भ्रष्टाचार गर्दै गर्दिन ।।

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x