साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसको भाषण

म त निन्द्रामा पनि देश र जनताकै बारेमा बर्बराउँछु पक्कै पत्याउनुभो... सुनिमात्र रहने खाली ? खोई त बज्दैन त ताली । देशलाई गम्लङ्गै बोकेर चन्द्रमा नै छुन्छु लाग्छ छुन चैं यो भाषण तपाईंकै पीरले तपाईकै नाममा हो है हुन चैं ॥

Nepal Telecom ad

अनिल पौडेल ‘किर्ते’ :


रासन नभएकालाई गजक्काशनबाट भाषण सुनाउँछ…
आदरणीय जनसमुदाय,
देश भसक्कै लुटेर खाए,
मलाई त केही गर्ने दिएनन्, अनुभव थिएन
आठौँ पुस्ताको लागि केही गर्ने सकिन
भाग्यले साथ दिएन

भन्छन्,
म फुकेको फुकेकै, देश किन सुकेको सुकेकै ?
अर्काको भाग खान ढुकेको ढुकेकै ?
चिन्ता गर्दैन कसैले मेरो… भन्दैनन् यसले खायो खाएन
उल्टै दोष लाउँछन्
ल भन्नुस् त जनसमुदाय.. प्रतिगमनको सकेत आयो आएन ?

खासै रूचि हुन्न देशको चिन्ताले
भन्छन् साथीभाइ… यसले जनताको धेरै चिन्ता गर्छ,
पटक्कै खाँदै खाँदैन
मलाई पनि हो जस्तै लाग्छ…
दुई पेग भन्दा जाँदै जाँदैन
त्यसैले म भोकै पटुकी कस्छु
जनतालाई त ‘मालामाल’ छ…
तर म रुचि नभ’का दिन जनताकै नाममा वर्त बस्छु

डोको बुन्न छोडि-दिनुहोस् हातमा भाटा बोक्नुस्
गाडी रोक्नुस्,
ढुङ्गाले ठोक्नुस्,
नारा घोक्नुस्, कान्ति खोक्नुस्

सुन्नुस्… बाखा, वस्तु खोरमा थुन्नुस्
अनि एक मुठी चिउरा चपाउनुहोला
फरूवाको विंड लिएर सडकमा आउनुस्…
पछि अधिकार नपाउनुहोला !
भन्छन् मलाई जनताको टाउकोमा टेकी माथि चढिर’को छु
मलाई त बाथरूममा चिप्लिँदापनि लाग्छ…
म त जनताकै लागि लडिरहेको छु

तपैंहरू सबको काठमाण्डुमा घर हुनेछ
एक, दुई हो र… तीनतले
देशका भन्दा विदेशी बढी भेट्छु
देश र जनताकै चिन्ताले
देश सम्झन्छु
जेनेरेटर जस्तो थर्थराउँछु
साथीभाइ भन्छन्
म त निन्द्रामा पनि देश र जनताकै बारेमा
बर्बराउँछु
पक्कै पत्याउनुभो…
सुनिमात्र रहने खाली ?
खोई त बज्दैन त ताली ।

देशलाई गम्लङ्गै बोकेर चन्द्रमा नै छुन्छु लाग्छ छुन चैं
यो भाषण तपाईंकै पीरले तपाईकै नाममा हो है हुन चैं ॥

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x