साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले

राष्ट्रभक्ति बिक्रीका लागि हाट लानु छ आफूभन्दा पहिले यो देश घाट लानु छ जाने आखिर नरक नै हो स्वर्ग ताक्ने किन ? आफैँ जाने भएपछि देश बाँकि राख्ने किन ?

Nepal Telecom ad

अनिल KH पौडेल :

त्यसै थाहा भएको कुरा
भन्दै हिँड्नु त पर्ने रहेनछ
तैपनि आफैँले भन्दा बडो मजा आउने रहेछ
र भनौँ भनौँ लाग्यो..म झोले

घोषणा गरेपछि पो लाग्यो
मलाई भन्दा पहिले नै सबैलाई यो कुरो थाहा रहेछ
यति नबुझ्ने मेरो मति कहाँ गएछ
तैपनि झोला भिर्न छोडिँन
झोलामा कोशेली लगेर दक्षिणा लिएर फिर्न छोडिँन

ठूलै क्रान्ति गरियो
जीउ, ज्यान, जवानी मासियो
संस्कार, संस्कृति मासियो
जब देशै मासियो, मुसुक्क हाँसियो

क्रान्तिले आमूल परिवर्तन पनि आयो- मेरो जीवनमा
परिवर्तन गर्छु भनेकै थिएँ
जेलमा दिनहरू गनेकै थिएँ
क्षतिपूर्ति अझै पाकै छैन
जनताको पालो आकै छैन
तृप्त हुनेगरी खाकै छैन
बल्ल भेट्दा नखाई पनि भाकै छैन

चप्पल पड्काउँथिस् भन्छन्
चप्पल भन्दा हाम्रो मुख पडि्कन्छ
करोड सुलुक्क, लाख अडि्कन्छ
अर्बको बास्ना सुङ्न मन पर्छ
निलेर देशै मस्त उङ्न मन पर्छ

पड्काइयो…
चप्पल देखि बम पड्काइयो
जनताका लागि भन्दै जनतै मारियो
राष्ट्रवाद झोलामा पोको पारियो
र मध्यरातमा तर्पण गरियो
स्वयं साक्षी बसी वैरिलाई अर्पण गरियो

यो पनि त्याग हो, बलिदान हो,
तर भन्छन् लाचारी हो, लाचार हो
तर यही नै हाम्रो सदाचार हो
हाम्ले गर्ने भनेकै भ्रष्टाचार हो

हामीलाई औधि चटारो छ
बुझ्दैनन्… हाम्लाई हतारो छ
राष्ट्रभक्ति बिक्रीका लागि हाट लानु छ
आफूभन्दा पहिले यो देश घाट लानु छ
जाने आखिर नरक नै हो स्वर्ग ताक्ने किन ?
आफैँ जाने भएपछि देश बाँकि राख्ने किन ?

नदी खुवाउँछु नगद खान्छु
भन्छन् जनताको रगत खान्छु
देश धुल्याउने मुसो भन्छन्
एसो भन्छन्, उसो भन्छन्
मालिकको धोतीमा घुस्यो भन्छन्
जनताको आँशु चुस्यो भन्छन्

देशभक्तलाई धपायो भन्छन्
जनताका सपना चपायो भन्छन्
के-के भन्छन् कसो भन्छन्
मालिकको ढोकामा बसो भन्छन्
उतै गाँसिएको छ यसको नसो भन्छन्
फेरि यता जनता डसो भन्छन्

अनि फेरि झोले भन्छन् म हैन भन्छु
देश घाटमा पोले भन्छन् पोल्या छैन भन्छु
आफैँ झोले भनिस् भन्छन् बोल्या छैन भन्छु

मार्क्सवाददेखि मासुभातसम्म
माओदेखि लुछेर खाओसम्म
आओ देखि आओसम्म
कोशी बेचेका पन्नादेखि
मुतले तताएका तन्नासम्म
गण्डकीको रोदन देखि
बेचेर खाएको भोजन सम्म
यै झोलाको खेल हो
हाम्ले गर्ने भनेकै झेल हो

यो झोलै अद्भूत र अलौकिक छ
यसमा नदी आँट्छ, खोला आँट्छ
त मालिक भन्छ ठीक छ
झोलामा राखेपछि समाजवादको बासी खुराक
ताजा जसरी बिक्छ

साम्यवाद हाल्ने झोला
पुँजीपति पाल्ने झोला
झुपडीमा आगो झोस्ने झोला
सामन्तीहरू पोस्ने झोला
क्विन्टल सुन अटाउने झोला
तोला ल्याउने ? ठटाउने झोला

हामी हाम्रा सिद्धान्त भन्छौँ
जनता गिद्धान्त ठान्दारहेछन्
हामी आफूलाई सिद्ध ठान्छौँ
जनता त हामीलाई गिद्ध ठान्दारहेछन्

र पो हाम्रा सिद्धान्तलाई गिद्धान्त भन्दै फालेजस्तो छ
उनीहरू पनि झोले नै थिए
तर अब जनता बन्न थालेजस्तो छ ।।।

०००
माेरङ
१६-०६-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x