साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महँगो सुख

कुरेझैँ भो काल तर उठाउँदैन झट्ट बाहिरी जगत झल्मल मन अँध्यारो निश्पट्ट गला बसे थला बसे सुके ओठ मुख पर्याप्त छ, केही छैन, महँगो भो सुख ।।

Nepal Telecom ad

अनिल पौडेल कीर्ते :

छोरो बस्छ क्यानडामा छोरी जापान गाकी
आफू भन्दा रोगी भाछे आफूसँग भाकी
औषधिका गोली खान्छौँ भुट्या मकै सरी
दुई जनको एक्लो जीवन बिताउने के गरी

घर बुढो, बुढो घर, सँगै घर बुढी
गुँड खाली उडेर ती गए क्षितिज पारी
चारो खाँदा बचेराको यादले पोल्छ छाती
टोलाएर बित्छ दिन, छटपटीमा राती

छोराछोरी फोन त गर्छन् गाह्रै छ रे उता
आउँछु भन्दा बाटो लाग्न पाइँदैन रे फुत्त
भाको चिज नि बनाएर सकिँदैन खान
फुस्स गए आफ्नो कोही छैन घाट लान

दुई खुट्टा तीन हुँदा नि काम्दै हिँड्नुपर्छ
दुई आँखा चार हुँदा नि छाम्दै हिँड्नुपर्छ
सिधा हुन्न ढाड साह्रै गाह्रो पाइला चाल्न
दुई जनको एक्लो जीवन गाह्रो भयो पाल्न

कुरेझैँ भो काल तर उठाउँदैन झट्ट
बाहिरी जगत झल्मल मन अँध्यारो निश्पट्ट
गला बसे थला बसे सुके ओठ मुख
पर्याप्त छ, केही छैन, महँगो भो सुख ।।

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x