साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्छौ के परदेश देश नबुझी

कालो स्वार्थ यहाँ छ उच्च तहमा नेतृत्वमा खोट छ निर्धाका मनमा छ दुःख जहिले अन्तर्यमा चोट छ । फिर्नै पर्दछ शीघ्र लौ न अब ता सम्झेर माटो यता के जान्छौ परदेश देश नबुझी, अल्झी रहन्छौ कता ?।।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

खाट्टी पौरख गर्नुपर्दछ भने माटो समाई बस
आफ्नै चन्दन कर्मको सुललिता संवेदनामा घस ।
हैनौ सन्तति हार खान सजिलै पुर्खा थिए गौरव
जान्छौ के परदेश देश नबुझी, विध्वंशको रौरव ।।१।।

बग्छन् रे पसिना तरक्क तनमा पुछ्ने न टोपी छ रे
झर्दा आँसु सुटुक्क मस्त मनले लुक्ने न खोपी छ रे ।
आमाबाबु नसम्झिने बखतमा, सन्चो बिसन्चो छ के
जान्छौ के परदेश देश नबुझी, आफन्त सम्झिन्छ के ।।२।।

हात्तीझैँ बल फाल्न सक्षम तिमी, सेवा कता गो कता
आफ्नो स्वर्ग भुलेर नर्क जसरी घुम्दै यता औ उता ।
छानो ह्वाङ्ग बनाउँदै अब नयाँ खोज्दै कता हिँड्दछौ
जान्छौ के परदेश देश नबुझी, दौर्बल्य भै भिड्दछौ ।।३।।

नेपालीपन टाक्सिएर अहिले आकार गुम्दै गयो
नौला नक्कलका कुरङ्ग रङमा साकार के बर्सियो ।
आफ्ना चाड–तिहार आँसु–भलले भर्दा खुसी छन् कहाँ
के जान्छौ परदेश देश नबुझी, तातो छ भुङ्ग्रो जहाँ ।।४।।

कालो स्वार्थ यहाँ छ उच्च तहमा नेतृत्वमा खोट छ
निर्धाका मनमा छ दुःख जहिले अन्तर्यमा चोट छ ।
फिर्नै पर्दछ शीघ्र लौ न अब ता सम्झेर माटो यता
के जान्छौ परदेश देश नबुझी, अल्झी रहन्छौ कता ?।।५।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x