साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँच्न देऊ

उनै खान्छन् घुम्छन् सयल जगमा गर्न थाले मिची सोझा सादा शरम नहुँदा बन्छ भाले डसेका छन् डस्छन् अझ कति यहाँ पर्छ खप्न यिनैको मर्जीले प्रतिदिन बस्यौँ नाम जप्न ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

नदीनाला दिन्छन् पलपल यहाँ दिव्य ज्योति
धरा हाम्रो राम्रो मल जल दिए फल्छ मोती
बुटी दिन्छन् पाखा असल बिरुवा रोग हर्छ
निशा छायो धर्ती झलल बिजुली बाल्नुपर्छ ।।१

यता किन्ने छैनन् रगत पसिना पेट भर्ने
युवा जान्छन् खाडी कहर अति छन् खप्न पर्ने
खुराफाती गर्छन् सकल अगुवा देशवासी
भएका दु:खी छन् मलम नदिने स्वार्थ दासी ।।२

सदा राँको बाल्छन् छल कपटले लाभ लिन्छन्
सदा भोका नाङ्गा श्रमिक जनले भोट दिन्छन्
मिली सत्ता हाँक्छन् प्रतिफल स्वयं खान सक्ने
निमोठ्छन् सोझा छन् विमुख जनता मात्र न्याक्ने ।।३

उनै खान्छन् घुम्छन् सयल जगमा गर्न थाले
मिची सोझा सादा शरम नहुँदा बन्छ भाले
डसेका छन् डस्छन् अझ कति यहाँ पर्छ खप्न
यिनैको मर्जीले प्रतिदिन बस्यौँ नाम जप्न ।।४

कलाकर्मी भन्छन् मुलुक सकियो चल्छ होड
धराकर्मी रुन्छन् विपुल अगुवा डस्न छोड
कहाँ बस्ने खाने निलय नहुने छैन भेउ
यहीँ धर्ती प्यारो अनुपम हुँदा बाँच्न देऊ ।।५

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति- सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x