साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हकिकत !

यस्तैदेखि बनी बागी लेखी लगातार ! भयो शहीद चितवनमा "धनराज गिरी !"

Nepal Telecom ad

धनराज गिरी :

जबर्जस्ती एम ए एम फील गरी क्याम्पस छिरी !
बसे केही मन्दिरमा संस्थालाई पिरी !

खोस्टे विद्यावारिधिको अलग अहङ्कार !
नास्ति हिज्जे, शून्य प्रज्ञा, हाय तिरिमिरी !

लागे घण्टी बाथरुम पुगे सत्रपटक !
जय नेपाल लाल सलाम आए झोला भिरी !

उस्तै परे चेलाचेली रातानीला बन्कर !
परीक्षामा सारालाई नक्कल गर्न फिरी !

बेहाल आज शिक्षा भयो ध्वस्त नेपाल सारा !
देखाउन नसकिने पीडा छाती चिरी !

सङ्घ सङ्गठन हुन् रोग कोरोनाको पिता !
दिक्क मान्ने दीपायल, उता दमक जिरी !

यस्तैदेखि बनी बागी लेखी लगातार !
भयो शहीद चितवनमा “धनराज गिरी !”

०००
चितवन, हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x