
हकिकत !
यस्तैदेखि बनी बागी लेखी लगातार ! भयो शहीद चितवनमा "धनराज गिरी !"

धनराज गिरी :
जबर्जस्ती एम ए एम फील गरी क्याम्पस छिरी !
बसे केही मन्दिरमा संस्थालाई पिरी !
खोस्टे विद्यावारिधिको अलग अहङ्कार !
नास्ति हिज्जे, शून्य प्रज्ञा, हाय तिरिमिरी !
लागे घण्टी बाथरुम पुगे सत्रपटक !
जय नेपाल लाल सलाम आए झोला भिरी !
उस्तै परे चेलाचेली रातानीला बन्कर !
परीक्षामा सारालाई नक्कल गर्न फिरी !
बेहाल आज शिक्षा भयो ध्वस्त नेपाल सारा !
देखाउन नसकिने पीडा छाती चिरी !
सङ्घ सङ्गठन हुन् रोग कोरोनाको पिता !
दिक्क मान्ने दीपायल, उता दमक जिरी !
यस्तैदेखि बनी बागी लेखी लगातार !
भयो शहीद चितवनमा “धनराज गिरी !”
०००
चितवन, हाल- क्यानडा
Subscribe
Login
0 Comments
Oldest