साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरौँ खुल्लम खुल्ला

त्यसले छाप्छ जसले यो मान्दैन फाँसी लगाउन डोरीले धान्दैन फोस्रा कानुनका पाना पल्टाउँछ जसले ती पाना च्यात्न जान्दैन । संसद जाबो किन्दिनुस् खुल्लम खुल्ला हिन्दिनुस् भ्रष्टाचार भो भन्ने सबलाई पिठो बनाएर पिन्दिनुस् !!!

Nepal Telecom ad

अनिल पौडेल कीर्ते :

सोर्ने ठाउँमा भए सोर्दा हुन्छ
फोर्ने ठाउँमा भए फोर्दा हुन्छ
अदालतलाई थुइक्क भनेर
चोर्ने ठाउँमा भए, देखिदेखि चोर्दा हुन्छ !!

अर्ब भेटे गर्वले चोरौँ
लाज पचाएर शर्मले चोरौँ
चोरै चोरको देश भयो यो
चोर्नै छ चोरको धर्मले चोरौँ ।

बत्तीमा जल्ने किरो भइन्छ
नचोर्दा समाजमा जिरो भइन्छ
राम्रा लुगा लगाएर चोर्नुस्
यस्तो फोटो आउँछ हिरो भइन्छ ।

कानुन उडाउनुस् चुरोटको पफमा
सरकार घोल्दिनुस् रक्सीको कपमा
छादुन् यी जन्ता या गरुन् बान्ता
बिताउनेछन् समय तपैँकै गफमा ।

पैसाले खाल्टा टालेर हिँड्नुस्
दुई चार गाडी पालेर हिँड्नुस्
देशै सिलाएर जाँघे लगाउनुस्
तर खल्तीमा न्याधिस हालेर हिँड्नुस् ।

लुटेरै ज्यानमा बोसो थप्नुस्
चोरेकै कुरा निन्द्रामा बक्नुस्
भ्रष्टाचारीलाई किरा परोस्
भन्ने मन्त्र रेडियोमा जप्नुस् ।

ढल फुटोस् तपैँलाई बाल ?
बनाउने बेलामा तपैँलाई माल
मान्छे छिर्छ फुत्त निस्किन्छ
त्यो त खेलेको हो नि…
मिडिया नाथे त्यसै जिस्किन्छ ।

पत्रिकाले लेख्यो ? इरेजरले मेट्नुस्
रेडियोमा भन्यो ? पत्रकार रेट्नुस्
बारबार नाम काड्छ साला !
दुवै हातले पड्काउनुस् गाला !

त्यसले छाप्छ जसले यो मान्दैन
फाँसी लगाउन डोरीले धान्दैन
फोस्रा कानुनका पाना पल्टाउँछ
जसले ती पाना च्यात्न जान्दैन ।

संसद जाबो किन्दिनुस्
खुल्लम खुल्ला हिन्दिनुस्
भ्रष्टाचार भो भन्ने सबलाई
पिठो बनाएर पिन्दिनुस् !!!

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x