साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्वाँसोको राज्य

त्यतिखेर भेडाले ब्वाँसोको आँखामा सत्तामोहबाहेक कुनै आदर्श देखेन। रातको शून्यतामा भेडाको रगतले धरती रातो भयो। बाँकी भेडाहरू निःशब्द भएर हेरिरहे।

Nepal Telecom ad

युवराज मैनाली :

हिमशिखरहरूले स्नेहपूर्वक आफ्नो काखमा राखेर आफैबाट उत्पन्न पावन जलधाराले निरन्तर पवित्र बनाएको देशमा एक चपल ब्वाँसो प्रकट भयो। भोक र प्यासको अन्धकारमा मासुको खोजी गर्दै आएको यस ब्वाँसोले भेडाको बथान फेला पार्‍यो अनि आफ्ना शब्दजाल मार्फत नयाँ स्वर्णिम युगको सपना देखायो। यस सपनाले कहिल्यै साउन नदेखेका सधैँ चैत मात्रै देखेका भेडाहरूका अनुहारमा आशाका झिलमिल प्रतिबिम्बहरू देखिन थाल्यो।

भविष्यमा सबै समान हुने, पीडा र अन्यायकाे छायासमेत बाँकी नरहने, प्रत्येक जीवले न्याय र स्वतन्त्रताको मिठास चाख्न पाउने भनी त्यो चपल ब्वाँसोले गरेको वाचा भेडाहरूले पत्याउने नै भए।

केही वर्षपछि त्यो ब्वाँसो दरबारको सुनौलो गद्दीमा नाच्न पुग्यो। उसका आसेपासेहरू निःशुल्क प्राप्त भोग विलासमा मदमत्त थिए अनि भेडाको बथान चैतको पतकर खोस्रिँदै थिए। धेरै भेडाहरूले चकचके ब्वाँसोको स्वभावदेखि आजित भएर भविष्यको गन्तव्य अन्यत्र खोजिसकेका कारण देशका बाटा-घाटाहरू थप उराठलाग्दा, खेतबारी बाँझो अनि स्कुलहरू खाली देखिन्थ्यो।

एक दिन सत्य उजागर गर्ने चाहना बोकेर एउटा भेडो ब्वाँसो विराजमान भएको सिंहासन नजिकै पुग्यो। बुढो ब्वाँसोको शरीर दुखेको रहेछ। आरामले लम्पसार परेर केही भेडीहरूलाई आफ्नो शरीर मालिस गराउँदै थियो। भेडोले प्वाक्क प्रश्न गर्‍यो, “हामीलाई किन झुटा आश्वासन दिएको !”

ब्वाँसो मुस्कुरायो, जिब्रो बाहिर निकाल्दै सुसारेहरुलाई आदेश दियो, “यो भेडाको समस्या बुझी पेस गर्नु।”

ब्वाँसोका अनुयायीहरूले त्यो भेडोलाई विद्रोही घोषणा गरे। उसलाई ब्वाँसो विराजमान सिंहासनको अगाडि ल्याइयो। त्यतिखेर भेडाले ब्वाँसोको आँखामा सत्तामोहबाहेक कुनै आदर्श देखेन। रातको शून्यतामा भेडाको रगतले धरती रातो भयो। बाँकी भेडाहरू निःशब्द भएर हेरिरहे।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x