साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठगबन्धन

हड्डीमा अहिल्यै लड्डी गर्नेकाे छ कुलच्छिन सिनाेमा गिद्ध झम्टेझैँ देखियाे गठबन्धन ।। माटो पानी सबै खाए खाएछन् हरियो वन गठबन्धन के हुन्थ्यो स्पष्ट भो ठगबन्धन ।।

Nepal Telecom ad

हाेम सुवेदी :

खुँदेका छन् खुँदेका छन्
साँढेले गोठको थलो
यिनका पछि लागेर
हुक्केको सत्र पल्टियो ।।

जोसुकै भेट्न के सक्लान्
दौडिएर कुदे भने
मिचाइ हुन्छ बाछाको
साँढेसाँढे जुधे भने ।।

अनावश्यकको मैले
उपदेश दिएँ किन
राँगा डाँगा र अर्नाको
राम्राे लच्छिन देखिनँ ।

हेरेर मात्र साँढेको
पछाडि कुद्नुपर्दछ
झोले झ्याम्टे र हुक्केले
यो कुरा बुझ्नुपर्दछ ।।

बाटाे टाेल मुहल्लामा
गाेब्र्याएर हिँडेपछि
प्रतिकार कहाँ गर्नु
राँगा डाँगा भिडेपछि ।।

मनेस्याँके तथा टुक्के
जसका मतियार हुन्
पिछलग्गु सबै झोले
हुक्के नै हतियार हुन् ।।

सिँगौरी खेल्दछन् साँढे
साथै छुल्छुली मुत्तछन्
गाईको के कुरा गर्ने
सबैका साथ सुत्तछन् ।।

म दिन्छु दूधकाे खाेलाे
सबैले खानुहाेस् खिर
भनी माग्न यता एक
साँढे आयाे अघिल्तिर ।

आयो भीमसिने बाेकाे
भन्दै पाठा म पाउँला
मलाई छान्नुहोस् नेता
उल्टाे खाेलाे बगाउँला ।।

हाइना भन्छ आएर
नौलाे घाम बनाउँछु
अहिंसा शान्तिकाे पाठ
जिताएमा पढाउँछु ।।

छरी दुर्गन्धकाे हस्काे
सिङ्‍‌गै टाेल छ दूषित
भन्छ भीमसिने बाेकाे
टाेल याे छ सुवासित ।।

भुस्याहाकाे यता लर्काे
लागेकाे छ घरी घरी
पढाए प्रेमकाे पाठ
ङार्रङुर्र गरी गरी ।।ञ

मिलेजस्ताे यता गर्छन्
र गर्छन् मानमर्दन
परिआए यिनै गिँड्छन्
साथीको पनि गर्धन ।।

साँढे अर्ना र राँगाको
लुट्नलाई भयो मन
त्यसैले यिनले यौटा
गरेछन् गठबन्धन ।।

नसोचौँ यिनको खेलो
अहिले थोर छलियो
धेरै पर्खनु के पर्थ्यो
यिनको ताइँ देखियो ।

माग्न राँगाहरू आए
माग्न आए थुँबाहरू
मतदान कता गर्ने
दुविधा भाे कसाे गरूँ ।।

हड्डीमा अहिल्यै लड्डी
गर्नेकाे छ कुलच्छिन
सिनाेमा गिद्ध झम्टेझैँ
देखियाे गठबन्धन ।।

माटो पानी सबै खाए
खाएछन् हरियो वन
गठबन्धन के हुन्थ्यो
स्पष्ट भो ठगबन्धन ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Megharaj Paudyal
Megharaj Paudyal
1 year ago

दोहोरो तेहरो गरी पढियो!!

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x