साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाली सबै निख्रिए

गर्ने हो प्रतियोगिता गजबको गाली महाउत्सव पेले जन्मिन सक्छ यो मुलुकमा गाली विजेता अब नौलो खेल छ यो भएर पहिलो नेपाल आयोजक तानौं ध्यान समस्त विश्वतिरको ल्याऊँ नयाँ रौनक ।

Nepal Telecom ad

राजेन्द्र घायल :

सारा व्यक्त भए यहाँ जति थिए दुर्वाच्य गालीहरू
हे भाषाविद हो बताउन कहाँ छन् शब्द त्यस्ता अरू
छिर्के हान्नुथियो नयाँ किसिमले शैली बदल्दै अझै
झाँको झार्नुथियो कडा वचनले गाली गरी कुर्लदै

जे जे भन्नुथियो भनेर सकिए ती तुच्छ वाणीहरू
पाए शब्द खुंखार झोक्किनुथियो ठोक्दै नयाँ डम्मरू
कुर्ली धीत मरेन क्रोध चुलियो साह्रै चिलायो मुख
शब्दैको अनिकाल भो र कसरी लागेर बस्ने चुप।

सेखी झार्न निफन्न हान्न बलिया गाली कहाँ पाउँला ?
ठेगाना दिनुहोस् कसैसित भए सोझै त्यता आउँला
यो दारा कटटट्ट किट्टिनगयो पोख्ने कहाँ गै रिस
गाली ट्यूसन क्वै पढाउँछ भने पढ्दै तिरौँला फिस

गर्ने हो प्रतियोगिता गजबको गाली महाउत्सव
पेले जन्मिन सक्छ यो मुलुकमा गाली विजेता अब
नौलो खेल छ यो भएर पहिलो नेपाल आयोजक
तानौं ध्यान समस्त विश्वतिरको ल्याऊँ नयाँ रौनक ।

०००
चितवन
घायलको घुयेँत्राे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x