साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

मन मन्दिर होस् श्रमवान् पुजियोस् छलकार नहून् अनुशासन होस् गरिमा रहने शुभकर्म चलोस् अनि वृद्ध सबैतिर टम्म फुलोस् ।।

Nepal Telecom ad

कविराज घिमिरे

मन क्लान्त नहोस् सुखशान्ति मिलोस्
अपहेलितको क्षण शून्य बनोस्
परिवारसँगै दिल मुस्कुरियोस्
तब वृद्ध हुने पल झट्ट खुलोस् ।। १

मन अड्चनमा कहिल्यै नफसोस्
जसरी छ भलो उसनिम्ति चलोस्
छलछाम नुही हितको फल होस्
अनि वृद्ध हुँदा तपसी चुलियोस् ।। २

फलदायक हून् जति कर्म गरोस्
सृजना गतिला उपमा दरियोस्
मनमोहक त्यो व्यवहार पढोस्
गहनासरिको हुन वृद्ध बढोस् ।। ३

कमनीय बनाउन मित्र चुनोस्
मननीय जनाउन नित्य गुनोस्
सरितासरिको पन कञ्चन होस्
पृथिवीतलमा अनि वृद्ध घुमोस् ।। ४

मन मन्दिर होस् श्रमवान् पुजियोस्
छलकार नहून् अनुशासन होस्
गरिमा रहने शुभकर्म चलोस्
अनि वृद्ध सबैतिर टम्म फुलोस् ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x