भोलानाथ सुबेदीकुकुरको भुकाइ
मेरो जीवनशैलीमा उसको भुकाइको गति फेरिन्छ किनकि ऊ सरकारको नुनपानी खाएको कारिन्दा हो र सधैं भुकिरहन्छ उसले भुक्दा उसलाई कानुन लाग्दैन गुन लाग्छ ।

मेरो छिमेकीको कौसीमा बाँधेको
सरकारी कर्मचारीको घरको कुकुर
दिनहुँ मासु खान्छ
र
मेरो गुन्द्रुकलाई गिज्याउँछ
मेरो अभिमानमा हिलो छ्याप्छ
र आफ्नो आङ जोडले हल्लाउँछ
बाटोमा हिड्ने सबैलाई भुक्छ
उसलाई थाहा छ
उसले खानुपरेको छैन
हैजा लागेका मान्छेको विष्टा
चिथोर्नु परेको छैन
खोला किनारको सिनो
चोर्नु परेको छैन
भातका भाँडा र मासु पसल अगाडि
चुहाउनु परेको छैन -याल
उसले बाँच्नु परेन खिच्चो र भुस्याहा भएर
ऊ बाँचेको छ टाइगर,टाइटन र मोति भएर
उसलाई सरकारी रासन आउँछ
मलाई सरकारी शासन आउँछ
मेरो जीवनशैलीमा उसको भुकाइको
गति फेरिन्छ
किनकि ऊ सरकारको नुनपानी खाएको
कारिन्दा हो र सधैं भुकिरहन्छ
उसले भुक्दा उसलाई कानुन लाग्दैन
गुन लाग्छ
मलाई बेकारको झुर लाग्छ
जे लागे पनि के गर्नु
त्यो सधैं महिषाशुर लाग्छ ।
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































