साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरको भुकाइ

मेरो जीवनशैलीमा उसको भुकाइको गति फेरिन्छ किनकि ऊ सरकारको नुनपानी खाएको कारिन्दा हो र सधैं भुकिरहन्छ उसले भुक्दा उसलाई कानुन लाग्दैन गुन लाग्छ ।

Nepal Telecom ad

मेरो छिमेकीको कौसीमा बाँधेको
सरकारी कर्मचारीको घरको कुकुर
दिनहुँ मासु खान्छ

मेरो गुन्द्रुकलाई गिज्याउँछ

मेरो अभिमानमा हिलो छ्याप्छ
र आफ्नो आङ जोडले हल्लाउँछ
बाटोमा हिड्ने सबैलाई भुक्छ
उसलाई थाहा छ
उसले खानुपरेको छैन
हैजा लागेका मान्छेको विष्टा
चिथोर्नु परेको छैन
खोला किनारको सिनो
चोर्नु परेको छैन

भातका भाँडा र मासु पसल अगाडि
चुहाउनु परेको छैन -याल
उसले बाँच्नु परेन खिच्चो र भुस्याहा भएर
ऊ बाँचेको छ टाइगर,टाइटन र मोति भएर
उसलाई सरकारी रासन आउँछ
मलाई सरकारी शासन आउँछ

मेरो जीवनशैलीमा उसको भुकाइको
गति फेरिन्छ
किनकि ऊ सरकारको नुनपानी खाएको
कारिन्दा हो र सधैं भुकिरहन्छ
उसले भुक्दा उसलाई कानुन लाग्दैन
गुन लाग्छ
मलाई बेकारको झुर लाग्छ

जे लागे पनि के गर्नु
त्यो सधैं महिषाशुर लाग्छ ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x