साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट माग्न आउनेहरू

सबै ल्याइदिन सक्छन् हिमाललाई तराईमा पुर्‍याइदिन सक्छन् तराईलाई हिमालमा चढाइदिन सक्छन् बाँदर लखेट्न उनीहरू आफै बाँदर बनेर आउँछन् ।

Nepal Telecom ad

भलादमी भाेला :

अब भोट माग्न
आउनेहरूले
गाउँमा विकास दिन्छन्
समस्याको निकास दिन्छन्
बेरोजगारीलाई रोजगार दिन्छन्
फागुन २१ अगाडिसम्म
अनौँ समात्ने आइपुग्छन्
आरा तान्ने आइपुग्छन्
बाँझा गरा खन्ने आइपुग्छन्
भकारोको मल बोकिदिने आइपुग्छन्
ऋण तिरिदिने आइपुग्छन्
निसाफ छिनिदिने आइपुग्छन्
गोजी भरिदिने आइपुग्छन्
तपाईँको सन्चो बिसन्चो सोधेर
फलफुल लिएर आइपुग्छन्
मुन्टो बटारेर हिँड्नेहरू
अँगालो हाल्न आइपुग्छन्
कोही चियाका लागि
डोर्याउन आउँछन्
कोही खाजाका लागि
तान्न आउँछन्
आफू सर्वशक्तिमान हुन उनीहरू
रातलाई दिन पार्दिन सक्छन्
दिनलाई रात पार्दिन सक्छन्
घर घरमा धारो
टोल टोलमा बाटो
सबै ल्याइदिन सक्छन्
हिमाललाई तराईमा
पुर्‍याइदिन सक्छन्
तराईलाई हिमालमा
चढाइदिन सक्छन्
बाँदर लखेट्न उनीहरू
आफै बाँदर बनेर आउँछन् ।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x