साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्कली आफन्त !

म त हाकाहाकी हो ! भाया कोलकोताको नकारात्मक कायाकैरन वस्ता गरिन्न ! सकारात्मक मात्र लिने। कुरा काट्नेहरूलाई स्याबासी दिने ! व्यक्तित्वको कुरा काटिन्छ। सज्जनले सामुन्नेमा आलोचना गर्छ, र सुन्छ पनि।

Nepal Telecom ad

धनराज गिरी :

“बूढालाई छोएछ!” प्रोफेसर शिवनारायण सरलराज भैरवश्रीको मुखबाट फुत्त निस्कियो। आज, लक्की सेवेन, जोर पात्रहरू, साधनानगरबाट सिर्जनाकुञ्जसम्म आइपुगे। योगी नै योगी, जमिन्दार र जोगी, सबै प्रेमरोगी,अक्षर नामको फेबिकोलले जोडेको सम्बन्ध । दुई विदुर काका, एक नीरज भतिजा,आलोक नतिजा, पङ्कजराज नीरज गजलोपाध्याय, दिनमा तारा देख्नसक्न्ने दिव्य दृष्टिको स्वामी, पत्थरको पहाड मनपराउने, जूनियर दुष्यन्तकुमार !

“यो लम्पसारवाद हो कि काकाश्री ?” कुरै कुरैमा लमक लमक लम्किएर आएको भतिजाले नतिजाको ख्याल नगरी लालडायरीको भाष्य “लम्पसारवाद” प्रयोग गर्यो, सिनियर सिटिजन, प्रोफेसर “गुणरत्नमाला लामिछानेदीपभाञ्जाश्री मीरोपाधायको” को सामुन्नेमा। जेठो काका, सिनियर विदुरले सम्झायो, “बबुवा, यो ४३ नामधारी छत्तीसे अरू सम्पूर्ण आरोपहरू, जुन सत्य हुन्, स्वीकार्छ, मेरै नामको “छोटो रूप” मिथ्या हो, म कसैको लागि खास हुन्छु, दास होइन। यो हिमालयन भूल, खयाल मनबाट निकालेर फाल्नू लौरीघोलमा !” यसैको प्रतिकृया हो,जूनियर विदुर “इमानदार असाहित्यकार” को उक्ति, “बूढालाई छोएछ !”

“सरी काका, मेरो उमेर अलि काँचो नि त ! दायरा सानो !” भतिजा। “सुपुत्र, सक्कली आफन्तको काम अलि अलग हुन्छ, गलतफहमीको शिकार हुनुहुन्न।आज जीवनभरि कामलाग्ने “टिप्स” दिन्छु, सक्कली आफन्त भनेर, “आफूलाई दुःख दिने मान्छेले दुःख पाएको खबर सुन्दा दुःख लागे आफूभित्र देवत्व छ, मानवता छ, भनेर बुझ्नू ! होइन, खुच्चिङ भनियो, बल्ल खाइस् भनियो, मन रमायो भने, हामी मानव होइनौं, मलाई द ले हटायो ! दानव भइयो । प्रतिशोध कमजोरहरूको दिव्यास्त्र हो। नामको बीचमा “बहादुर” भएर मात्र बहादुर, वीर, धीर, मीर, गालिब हुने होइन, सक्कली वीर, धीरोदात्त उदात्त चरित्रको मालिक त्यो हो, जसले क्षमा दिन्छ र क्षमा माग्न पनि सक्छ।” प्रोफेसर, सिनियर।

“आहा, हाम्रो बैकुण्ठनगरको योगी महाराज काकु प्रोफेसर प्रीतम प्यारे गिरिजालोपाध्याय पनि यही भनेर सम्झाउनुहुन्थ्यो ! सक्कली आफन्त हो हजुर ! गाह्रो छ अमल गर्न, तर अति उत्तम जीवनदर्शन हो। उत्तम हो, धर्म छ।मान्छु काका। अबदेखि दहल र मिस्सीको एभेरेजमा “ई” प्रत्यय लगाउन्न !” धादिङसुपुत्र।

“सक्कली आफन्तले सक्कली कुरा गर्छ, आँखामा आँखा मिलाएर। अनि सम्बन्ध रेखीय हुन्छ। दुईजनाको बीचमा तेस्रोको प्रवेश भएपछि उपसर्ग प्रत्यय बन्नसक्छ, जे पनि बन्नसक्छ। हरेक सम्बन्धको आफ्नै सौन्दर्य हुन्छ। दाजुको कुरा अलि उच्चस्तरीय जीवनदर्शनमा आधारित हुन्छ। उहाँ त सल्लाहकारहरूको पनि सल्लाहकारमा !” जूनियर प्रोफेसर ।

“म त हाकाहाकी हो ! भाया कोलकोताको नकारात्मक कायाकैरन वस्ता गरिन्न ! सकारात्मक मात्र लिने। कुरा काट्नेहरूलाई स्याबासी दिने ! व्यक्तित्वको कुरा काटिन्छ। सज्जनले सामुन्नेमा आलोचना गर्छ, र सुन्छ पनि। रिसाउने मान्छे सारमा अति कमजोर! सक्कली आफन्त हो हामी। शून्य खुराफात !” सिनियर विदुर।
“हस् काकु,अब हामी जान्छौं !” भतिजा।
“आशीर्वाद ! शुभ यात्रा !” सिनियर प्रोफेसर ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x