साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्लोको भन्टा

कहिले स्यालको हुइयाँ कहिले बांदर झैं उफ्रदै टप्परटुइयाँ, लोभको लेउमा चिप्लेर, छपक्कै छोपियो उनको ज्ञान । सर्व मंगलकारी- इच्छाधारी कुर्सीमाथि मात्र बकुले- ध्यान ।

Nepal Telecom ad

हिजो जो गर्दै थिए,
मोलतोलको राजनीतिमाथि प्रहार,
बेथितिप्रति कडा प्रतिकार ।
अब हेर्दै कुर्सीको मुहार ।
नाङ्लोको भन्टा झैँ
भएका छन् गुडुल्किने ।

पहिले थिए पल्कने
अब भएका छन् ढल्कने ।
मीठो वासना आयो जता
उतै हि हि गर्दै लुटपुटिने ।

कुर्सीदेवीको बाटो
फूलगुच्छा लिई कुर्ने
टाढैबाट देख्दा
फुरन्दाना झैँ फुर्ने ।

राल चुहाउँदै, गर्न थाले घ्यार-घ्यार,
बारम्बार भएका छन् लम्पसार
अनेक रूप रूपाय
कुर्सीदेवीलाई गर्दै नमस्कार ।

कहिले स्यालको हुइयाँ
कहिले बांदर झैं उफ्रदै टप्परटुइयाँ,
लोभको लेउमा चिप्लेर,
छपक्कै छोपियो उनको ज्ञान ।
सर्व मंगलकारी- इच्छाधारी
कुर्सीमाथि मात्र बकुले- ध्यान ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x