साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकैपटक ९ वटा कृतिको विमोचन, ९ स्रष्टा सम्मानित

प्रमुख अतिथि प्रा.डा. मोहनप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरू केशवराज आमोदी, गोविन्दराज विनोदी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. दामोदर पुडासैनी, कृष्णशरण उपाध्याय लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

चितवन, २०७९ चैत्र २५ । पल्लव साहित्य प्रतिष्ठानको आयोजनामा शनिबारका दिन गैडाकोट स्थित नारायणी रिसोर्ट नारायणी किनारमा आयोजित कार्यक्रममा एकैपटक ९ वटा कृतिको विमोचन गरिएको छ ।

चिरञ्जीवी दाहालको उपन्यास ‘ग्रीष्मजा’, होमनाथ घिमिरेको कविता सङ्ग्रह ‘गोरेटो’ तथा गजलसङ्ग्रह ‘जिन्दगीका तरङ्गहरू’, आर सि अज्ञातको खण्डकाव्य ‘सन्ताप’, विमला पोख्रेलको गजलसङ्ग्रह ‘बिपत्तिमा अल्झिएको मुटु’, कल्पना अधिकारीको मुक्तक सङ्ग्रह ‘परिकल्पना’, गोकणर् मल्लको गद्य कविता सङ्ग्रह ‘सिउँडीको फूल’, गोर्खे साइँलोको सम्पादनको ‘संयुक्त बहरमाला’ र पल्लव साहित्य प्रतिष्ठानको ‘पल्लव’ रहेका थिए ।

कार्यक्रममा ९ जना स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरि सम्मान समेत गरिएको थियो । १) डा. लक्ष्मण गौतम, बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९, २) डा. दामोदर पुडासैनी, काठमाडौँ- शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, ३) चूडामणि नेपाल, विराटनगर म.न.पा.-१, मोरङ- केदारनाथ रिजाल, गुणकुमारी रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९, ४) कृष्णशरण पौडेल उपाध्याय, देवघाट, चितवन- युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७८, ५) शिव त्रिपाठी, युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, ६) विमला पोख्रेल, इनरुवा, सुनसरी, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान, ७) होमनाथ घिमिरे, भरतपुर-१०, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, ८) गोकणर् मल्ल, रत्ननगर-२, चितवन, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०७९, ९) रूपा थापा, विदुर नगरपालिका-१, ढुङ्गे, नुवाकोट, काजीमान तथा नन्दकुमारी/ शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार, एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७८/७९ ।

कार्यक्रममा ९ जना स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरि सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि प्रा.डा. मोहनप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरू केशवराज आमोदी, गोविन्दराज विनोदी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. दामोदर पुडासैनी, कृष्णशरण उपाध्याय, शिव त्रिपाठी, गोकणर् मल्ल, रुपा थापा, विमला पोख्रेल हुनुहुन्थ्यो ।

कार्यक्रमको सभापतित्व पल्लव साहित्य प्रतिष्ठानका सभापति ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सिर्जना शर्मा र सुमित्रा सुमीले गर्नुभएको थियो । कार्यक्रममा भूपी सरोवर, प्रकाश पाठक योगी, सावित्री, गीता अधिकारी, संगीता ढुङ्गाना, सविता ओझा, मिलन ठोकर, अनु शर्मा, पोषराज पौडेल, राजेन्द्र घायल, छविलाल ओझा, दीपक सोती, कृष्णप्रसाद पोखरेल लगायतका कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

०००
-चितवनबाट चिरञ्जीवी दाहाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x