प्रेम ओली ढकलपुरेसन्तान थरीथरी
एउटा छोरो धुर्त स्याल अर्को छोरो ब्वाँसे ढाँटी खाइ सबैलाई कलङ्कले धासे । कस्ता सन्तान जन्मिएछन् लाजै लाग्यो गाँठे आफ्नै आमा बाउलाई अब कुट्न मार्न आँटे ।

एउटा छोरो सधैं ट्वाँटे
अर्को छोरो तासे
घरकै अन्न चोरी चोरी
सके सत्य नासे ।
एउटा छोरो भुँडे गणेश
अर्को मरन्च्याँसे
झ्याल ढोका दलिन बेची
आफ्नै घरलाई भासे ।
एउटा छोरा टाप्प टिपे
अर्को छोरो गासे
आपसमा कलह गरी
घरकै इज्जत मासे ।
संस्कारलाई पोली खाए
कस्ता कस्ता ध्वाँसे
नाङ्गै हिँड्दै डुलेपछि
दुनियाँ नै हाँसे ।
एउटा छोरो धुर्त स्याल
अर्को छोरो ब्वाँसे
ढाँटी खाइ सबैलाई
कलङ्कले धासे ।
कस्ता सन्तान जन्मिएछन्
लाजै लाग्यो गाँठे
आफ्नै आमा बाउलाई अब
कुट्न मार्न आँटे ।
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































