साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

नत्र समाजवाद आउनु अघि नै एउटा सिंगो पुस्ता कोलेष्टोरल, युरिक एसिड, प्रेसर, सुगर अनि पक्षघातले डल्लो परिसक्छ । मोबाइलका टिकटके झिलिक मिलिकले दृष्टिविहीन पुस्ता तयार हुन गई स्वास्थ तर्फको जम्मै बजेट आँखा शिबिर र चस्मा खरिदमै सकिन के बेर !

Nepal Telecom ad

भन्छन् “आमा बाबुको मन छोराछोरी माथि, छोरा छोरीको मन ढुङ्गामुडा माथि ।” धर्ती फुटाएर जन्माएका, तारा खसाएर हुर्काएका सन्तान अन्माएपछि छोरो बुहारीको मुठ्ठीमा, छोरी ज्वाइँको मुठ्ठीमा पुग्ने पीडा यो हरफमा छ । आजभोलि त ..छोराछोरीको मन पनि मोबाइल माथि” भएको छ।मोवाइलका पनि दुई क्षेत्र छन्- एउटा गुगलको क्षेत्र, अर्को टिकटक र फेसबुकको क्षेत्र ।

“हुने बेलामा सखरखण्ड नहुने बेलामा नानाखण्ड” भनेझैं मोबाइलभित्र पनि हुने बेलाका बालकले गुगल खोलेर ज्ञानको क्षेत्र पहिल्याउँछ, नहुने बेलाका बालकले टिकटक, फेसबुक, युटुब, गेम खोलेर नानाखण्ड हेर्छ र आफ्नो मस्तिष्क, मुटु र आँखालाई ध्वस्त बनाउँछ । बेलैमा ठुलो फ्रेमको पावरवाला चस्मा लगाएर युटुबमा हेर्दै बाबु आमासँग झर्केर बोल्छ । आमा बाबुको मन भने फेरिएको छैन । टिकटक हेरे पनि मन छोराछोरी माथि नै हुन्छ ।

अझै यतिमात्र कहाँ र “आमा बाबुको दाँत मकै भटमासतिर, छोरा छोरीको आँत मोमो चाउचाउतिर” । मकै, भटमास, कोदाको रोटी, सातु, चिउरा, सिस्नुको खोले, उसिनेको आलु, फलाहार, स्याउ, सुन्तला, केरा, फर्सी, तरुल, काँक्रा खाजाको रुपमा खाँदैनन् बालकहरू । प्लाष्टिकमा पोकिएका बिस्कुट, चाउचाउ, चकलेट, चिप्स, दालमोड, भुजिया, भुजा जस्ता केमिकलयुक्त खानेकुरा खान्छन् । पन्चतत्वले बनेको धरतीको मूलबाट उम्रेको चिसो पानी उमालेर तिर्खा मेटिदैन । डिउ, कोकोकोला, फ्यान्टा र मिनरल वाटर चाहिन्छ ।

पत्रु खानाले दिमागलाई मन्द गराउँछ, सिर्जनात्मकतालाई बन्द गराउँछ । रोग विरुद्ध लड्ने क्षमता त यति कमजोर पार्छ कि एक चोटी हाच्छिउँ गरेपछि सातओटा क्याप्सुल चाहिन्छ । जडीबुटीले भेट्दैन नै, रित्तै अलिकति उकालो हिन्दा खलाँतीजस्तो फोक्सोमा उतारचढाव आउँछ, मुख ढोक्सेजत्रो हुन्छ । खुट्टा गलेर लत्रक्कै । भारी बोक्ने कुरा पुरानो भइसक्यो । त्यो त ट्याक्टरले बोकिहाल्छ । छिटो रिसाउने, झर्को मान्ने, मन अस्थिर हुने, भनेको कुरा बिर्सिने कुरा त पत्रु खानाका मुख्य भरथेग नै भैगयो । दाल भात नरुचेर एपेट चाहिने, हरियो साग नपचेर हजमोला चाहिने बनाएको पनि पत्रु खानाले नै हो । यति त बाल्यकालमै देखाइदिन्छ पत्रुले ।

किशोर अवस्था र युवावस्थातिरै मोटोपन थोपरिदिन्छ । जोवान ढल्किँदा नढल्किँदै युरिक एसिड, प्रेसर, सुगर, अल्सर र दम जस्ता उपहार दिन्छ । “धान बोक्नु छ दसपाथी खानु छ नस्पाति” भनेजस्तो घरभरि मिठो मसिनो जुटायो । आफू मकैको भात खाए उज्यालो नभइ तीन किलोमिटर कुद्न पर्ने गजबको जिन्दगी पनि पत्रुले नै दिने हो ।

अझ आजभोलि त धान, कोदो, मकै, गहुँमात्र होइन निगुराका डुकु, फर्सीका मुन्टा र मूलाले पनि गोवर मल, कम्पोष्ट मल, प्राङ्गारिक मल देख्न पाउन छाडेका छन् । केमिकल मल खाएर रक्सीले मातेको मान्छे जस्ता अन्न र तरकारी बजारमा आउँछन् । उसमाथि रोग किरा मार्ने विषादिका बाछिटाले निथ्रुक्क भिजेका हरिया सागपात बजारमा प्रशस्त हुन्छन् । सरकारले छिमेकीबाट आएको बिषादियुक्त सब्जी चेकजाँच नगरी पठाइदिएको कोसेली यी भन्दा पनि सस्ता हुने नै भए । ’सस्तो खाऊ ,महङ्गीबाट बचाउ’ भएपछि बजार आसपासका बाउ आमा पनि फसेका छन् ।

लगेर चट्ट बिजुली कुकरमा पकायो, खायो । ज्यान मरे मरोस् दाउरा र ग्यास चाहिँ बचाउनै पर्ने पनि भएको छ । आमाबाउको मन साँच्चै छोराछोरी माथि बनाउनु छ भने अब कम्तीमा जैविक खेती गर्नुपर्‍यो । ग्यास वा आगोमा पकाउनु पर्‍यो । बजारमा सब्जी किन्न जाँदा आयातीत भन्दा स्थानीय, केमिकल भन्दा अर्गानिक चिज किनेर ल्याउनुपर्‍यो । नानीहरूलाई चाउचाउ आदि किन्ने पैसा दिनुभन्दा मकैभटमास किनेर पोको पारिदिनु पर्‍यो । सानैमा मोबाइल किनेर दिनुभन्दा रसिला किताब किनेर दिनुपर्‍यो ।

स्कुलका सरहरू बाउआमा र विद्यार्थी छोराछोरी हुन् भने विद्यालय खाजा कार्यक्रममा भुजा र मुरइ पो खुवाउँदैछन् कि ! अनुगमन गर्नुपर्‍यो । पत्रु खाना शत्रु हो, मार्छ भनेर निषेध गर्न सक्नुपर्‍यो । सरकार बाउ हो जनता छोराछोरी हुन् भने अर्गानिक क्रान्ति ल्याउनुपर्‍यो । किसानका अर्गानिक तरकारी नबिके कोल्डस्टोर बनाएर लिइ दिनुपर्‍यो ।

नत्र समाजवाद आउनु अघि नै एउटा सिंगो पुस्ता कोलेष्टोरल, युरिक एसिड, प्रेसर, सुगर अनि पक्षघातले डल्लो परिसक्छ । मोबाइलका टिकटके झिलिक मिलिकले दृष्टिविहीन पुस्ता तयार हुन गई स्वास्थ तर्फको जम्मै बजेट आँखा शिबिर र चस्मा खरिदमै सकिन के बेर ! श्रमलाई सम्मान चाहि गर्ने तर कोदालो उचाल्न नसक्ने मान्छेहरू पाल्दै समाजवाद ल्याउन ठिक पारेको कमिसनको पोको सकिएला ।

छोराछोरीले पनि स्कुलमा गएपछि बाउआमा र घरको दुःख बिर्सिने, घरमा आएपछि पुस्तक र होमवर्क विर्सिने नयाँ बानी सिके हरेक परीक्षामा धेरैभन्दा धेरै ‘विषय लाउन’ सफल हुन्छन् । आमा बाउको बोली काट्न ‘थुतुनो चलाउने’ ज्ञान, शीप र कला हासिल गर्छन् । जीउजीउमा धमिरा र बिउ बिउमा किरा आउनु अघि नै एकपल्ट सोच्ने हो कि ! आमाबाउ पनि पहिले छोराछोरी थिए, छोराछोरी पनि पछि आमाबाउ बन्छन् । ज्ञान चाहिँ आमाबाउ भएपछिमात्र आउने हो भने समाजवाद भन्दा पक्षघात पहिला आउँछ ।

०००
हिमावि, खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x