साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार समर्पण

पुष्पपराग साहित्य प्रतिष्ठानले अत्यन्तै पारदर्शी र विवेकपूर्ण ढंगले काम गरेको र यस संस्थाबाट अरू संस्था लगायत सरकारले समेत सिक्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले प्रष्ट पारे ।

Nepal Telecom ad

काठमाडौं ०७९ चैत २५ । पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आज एक विशेष कार्यक्रमका बीच वितरण भएको छ । पद्म कन्या क्याम्पसको डेनिस हलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालले गरेका थिए ।

कार्यक्रममा “पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार” साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने “तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान” शोभा दुलाललाई; नील-गङ्गगा भाषा साहित्य पुरस्कार तथा सम्मान” शरदचन्द्र वस्तीलाई; “पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान” हरिदेवी कोइरालालाई; “शुक्रमन्दिर लोक साहित्य पुरस्कार तथा सम्मान” सत्यकला राईलाई; “कृष्णलाल/गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान” छेवाङ्ग तेन्जिङ लामालाई; “परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान” खेमनाथ दाहाललाई र “पुष्पपराग युवा साहित्यकार सम्मान” डिल्लीप्रसाद मूलतिहूनलाई प्रदान गरिएको हो । साहित्यमा योगदान गरेवापत प्रत्येक वर्ष एक जना व्यक्तिलाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान भएको छ ।

पुरस्कार छनोट समितिले पुरस्कृत तथा सम्मानित हुने व्यक्तित्वहरू छनौट गर्दा गैर राजनीतिक, निर्विवादित, निस्पक्ष र स्थापित सर्जकहरूको राय सल्लाह लिएको, पुरस्कृत तथा सम्मानित व्यक्तिहरूको छनौट गर्दा विभिन्न तह पार भएको र जसको अंकभार बढी आएको हो उक्त व्यक्तिलाई पुरस्कार दिएर सम्मान गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. प्रदीप कुमार मैनालीले बताए ।

पुरस्कार लेनदेनमा गुटबन्दी हुने, साटासाट गरिने, किनबेच हुने जस्ता विकृति फैलिएको अवस्थामा पुष्पपराग साहित्य प्रतिष्ठानले अत्यन्तै पारदर्शी र विवेकपूर्ण ढंगले काम गरेको र यस संस्थाबाट अरू संस्था लगायत सरकारले समेत सिक्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले प्रष्ट पारे ।

पुरस्कृत साहित्यिक स्रष्टाहरूको व्यक्तित्व चर्चा डा.अम्बिका अर्याल र डा. जीवन जिवन्तले गरेका थिए भने गीत संगीतमा योगदान दिनु हुने कलाकारको योगदान बारेमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले प्रकाश पारेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x