सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अहँ, म प्रश्न सोध्दिन

मैले वीरमसान कुदेको आँखैले देखेको छु भूत जुधेको बाटैमा भेटेको छु । सोधेँ भने मलाई प्रतिगामी भन्लान् । अहँ किन ? कहाँ ? कसरी ?कसले ? म सोध्दै सोध्दिन । मलाई त बाख्रै भए पनि प्रतिगामी हुने मन छैन ।

Nepal Telecom ad

कहाँ गए ?
तेह्र हजार सडक सन्जालहरू ?
शिलान्यास गरेका
पालिका अस्पतालहरू ।
कहाँ गए ?
बैंकमा जम्मा भएका
सम्पत्तिहरू ?
बेपत्ता र घाइते
परिवार र दम्पत्तिहरू !
प्रश्न सोध्न मन छ
तर अहँ म सोध्दिन
किन भने वाक् स्वतन्त्रता
जनताले लडेर ल्याएको हुँदै होइन ।

कसका भए ?
हाम्रो मूलका पानी !
कहाँ गए ?
देश बनाउने
शक्तशाली जवानीहरू
छिटको फरिया लाएर
मेलामा रक्सी भर्ने
साइँली, माइली र सान्नानीहरू
किन उखेलिँदैछन् ?
बाहुनका टुपी
किन छिनाइँदैछन्
आर्यका जनै
र मङ्गोलका कन्दनीहरू ?
प्रश्न सोध्न मन छ
तर मलाई सोध्न डर लाग्छ
किनभने
वाक् स्वतन्त्रता दिलाउनेहरू
सरकारमा छन् ।

कहाँ गए ?
सडक र पुल
अलपत्र पार्ने ठेकादारहरू ।
रोपवेका तारहरू !
दुई दर्जन कारखाना र
उत्पादित उपहारहरू ।
किन उकालिँदैछन् ?
महङगी, कमिसन र
भ्रष्टाचारहरू
किन ओरालिँदैछन् ?
मुद्रा सन्चिति र
शेयर बजारहरू ।
सोध्न मन भए पनि
म फिटिक्कै सोध्दिन
किनभने थाहा छ ?
उत्तर दिनेसँग बन्दुक हुन्छ ।

कहाँ गए ?
बजेट वक्तव्यका
शिकारीहरू !?
कहाँ गए ?
एकै वर्षमा
एउटा मान्छेलाई
चालिस अरबका कमाइ दिने
क्रान्तिकारीहरू ?
फुटेज खाने मुसाका
जुँगा दारीहरू ।
रातारात कसरी
महल र कारका मालिक भए
फ्याङ्टे चप्पलमा
राजधानी पसेका भिकारीहरू ?
प्रश्नहरू सोध्न मन भए पनि
म सोध्दै सोध्दिन
किनभने
उत्तर दिने ठाउँमा
प्रजातन्त्रवादीको भिड छ ।

किन मौन छन् ?
लिपुलेक, कालापानी र
लिम्पियाधुराहरू !
किन डराउँदैछन् ?
सामाजिक सुरक्षा भत्ताका कुराहरू ।
तिमीले
प्रतिगामी भनेका मान्छेले
रोपेका बिकासे आँकुराहरू ।
किन सल्मलाउँदै छन्
माउ खाने जातका
काला माकुराहरू ।
कर्मचारीको तलब दिन नसकेर
किन रुँदैछन् ?
बिदेशीको सलामी खाने
अग्ला अग्ला हिमालका टाकुराहरू ?
प्रश्नलाई चिहानमा पुरिदिन्छु
किनभने उत्तर दिने मनहरू
पैसाको गोली लागेर
शहीद भइसके
उतैबाट उधिनेर पो
प्रश्नले
उत्तर लिएर आउँछ कि !

सत्य ! सिंहदरबारतिर फर्केर
यो प्रश्न सोधेको हुँदै होइन
म बाँधेको बाख्रो हुँ
मलाई सिँहदेखि डर लाग्छ ।
म टाट्नोमा घाँस नभए
डाँक्ला खाए बस्नुपर्छ
डाँक्ला सकिए
आँख्ला खाएर बस्नुपर्छ ।
मैले
वीरमसान
कुदेको आँखैले
देखेको छु
भूत जुधेको
बाटैमा भेटेको छु ।
सोधेँ भने मलाई
प्रतिगामी भन्लान् ।
अहँ
किन ? कहाँ ? कसरी ?कसले ?
म सोध्दै सोध्दिन ।
मलाई त
बाख्रै भए पनि
प्रतिगामी हुने मन छैन ।

०००
खाँदबारी, सङ्खुवासभा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’