साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धाप्रतिको सम्मान (काव्य शृङ्खला १४)

पुग्दा वर्ष असी गुमे सब दसी के नै लगाऊँ कसी ! सुन्लान् खै कसले कुरा हृदयका आएर साथै बसी !! उम्दा कार्य गरी वयस्क सकियो को गर्छ लेखापढी ? श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!

Nepal Telecom ad

हेर्दैनन् अब नातिका नयनले पाका बनेका तन !
भस्मीभूत भए सयौँ युवकका पाश्चात्यगामी मन !!
देख्छन् दूरदराज मात्र सपना अग्लो हवेली चढी !
श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!६६!!

वृद्धावृद्ध सुषुप्त छन् कहरमा रोगी भएका तन !
छन् सन्तान उता सदा रहरमा खोजेर साजी धन !!
के नै प्राप्त भयो सकेर ढुकुटी विज्ञान नौलो पढी ?
श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!६७!!

यो देवालयझैँ सदा मन छुने लाग्थ्यो पुरानो घर !
पस्दाभित्र डराउने छ अहिले आभा हरायो पर !!
छोरा नाति पनाति बाहिर हुँदा भत्क्यो पुरानो गढी !!
श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!६८!!

छायाझैँ परदेश कुड्मल भयो स्वर्लोक यो कण्टक !!
घुस्रिन्छन् घरभित्र मूषक सयौँ आफ्नो जमाई हक !
सारा खाग भए थिए रहरिला आशा भएका डढी !!
श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!६९!!

पुग्दा वर्ष असी गुमे सब दसी के नै लगाऊँ कसी !
सुन्लान् खै कसले कुरा हृदयका आएर साथै बसी !!
उम्दा कार्य गरी वयस्क सकियो को गर्छ लेखापढी ?
श्रद्धा गर्न विशेष पाइन तथा चाहिन्छ ऊर्जा बढी !!७०!!
क्रमशः

०००
२०८०/१/३
ताप्लेजुङ, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x