सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म यस्तो जमिनमा उभिएको छु !

बेँसी र मैदानले सुनौला बाला झुलाएर जीवन जगतको हित सजाउँछन् तर नेताहरू देश बेचेको तमसुकमा ल्याप्चे ठोकेर राष्ट्रिय गीत गाउँछन् !!

Nepal Telecom ad

म यस्तो जमिनमा उभिएको छु !
ताराबहादुर बुढाथोकी

म यस्तो जमिनमा उभिएको छु
हिजो
जहाँबाट ज्योतिर्लिङ्ग
पलाएको छ
वुद्धका पाइलैपिच्छे
कमल कल्कलाएको छ
पारूहाङ्-सुम्निमाको
प्रीति सल्बलाएको छ
तर आज
दराजका फायलदेखि
मान्छे
र कम्प्युटरका मेमोरीसम्म
भ्रष्टाचारको भाइरस
सल्बलाएको छ

म यस्तो जमिनमा
उभिएको छु
जहाँबाट
जुरूक्क उठेर
हिमाल अग्लिएको छ
भुल्भुलाउँदै निस्केर
नदी सङ्लेको छ
चौंरी गोठालाले
विनायो बजाएको सुनेर
मायाले
रातो पाण्डा
र लाली गुराँसको पनि
मन पग्लिएको छ
तर
हरेक दिन
झुटको खेती सप्रिएको छ
इमान
र निष्ठा
ढुङ्गाको पिपलजस्तै
कक्रिएको छ
कक्रिएको छ

म यस्तो माटोमा उभिएको छु
जहाँ
वरपिपलले
चौतारीमा बसेर
युगीन प्रीत लाउँछन्
छहराले
लहराबाट
पहरामा हाम्फाल्दै
जागरणको
सङ्गीत बजाउँछन्
जूनले
बादलबाट चियाएर
शान्तिसँग मित लाउँछन्
बेँसी
र मैदानले
सुनौला बाला झुलाएर
जीवन जगतको
हित सजाउँछन्
तर नेताहरू
देश बेचेको
तमसुकमा ल्याप्चे ठोकेर
राष्ट्रिय गीत गाउँछन् !!

०००
खाँदबारी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’