साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म यस्तो जमिनमा उभिएको छु !

बेँसी र मैदानले सुनौला बाला झुलाएर जीवन जगतको हित सजाउँछन् तर नेताहरू देश बेचेको तमसुकमा ल्याप्चे ठोकेर राष्ट्रिय गीत गाउँछन् !!

Nepal Telecom ad

म यस्तो जमिनमा उभिएको छु !
ताराबहादुर बुढाथोकी

म यस्तो जमिनमा उभिएको छु
हिजो
जहाँबाट ज्योतिर्लिङ्ग
पलाएको छ
वुद्धका पाइलैपिच्छे
कमल कल्कलाएको छ
पारूहाङ्-सुम्निमाको
प्रीति सल्बलाएको छ
तर आज
दराजका फायलदेखि
मान्छे
र कम्प्युटरका मेमोरीसम्म
भ्रष्टाचारको भाइरस
सल्बलाएको छ

म यस्तो जमिनमा
उभिएको छु
जहाँबाट
जुरूक्क उठेर
हिमाल अग्लिएको छ
भुल्भुलाउँदै निस्केर
नदी सङ्लेको छ
चौंरी गोठालाले
विनायो बजाएको सुनेर
मायाले
रातो पाण्डा
र लाली गुराँसको पनि
मन पग्लिएको छ
तर
हरेक दिन
झुटको खेती सप्रिएको छ
इमान
र निष्ठा
ढुङ्गाको पिपलजस्तै
कक्रिएको छ
कक्रिएको छ

म यस्तो माटोमा उभिएको छु
जहाँ
वरपिपलले
चौतारीमा बसेर
युगीन प्रीत लाउँछन्
छहराले
लहराबाट
पहरामा हाम्फाल्दै
जागरणको
सङ्गीत बजाउँछन्
जूनले
बादलबाट चियाएर
शान्तिसँग मित लाउँछन्
बेँसी
र मैदानले
सुनौला बाला झुलाएर
जीवन जगतको
हित सजाउँछन्
तर नेताहरू
देश बेचेको
तमसुकमा ल्याप्चे ठोकेर
राष्ट्रिय गीत गाउँछन् !!

०००
खाँदबारी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x