साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइमाई मान्छेले आँटे…

सुन्दर नारीको सुन्दरतामा मोहित भएर ऋृषिमुनिहरू मैनबत्तीजस्तो पग्लेका हामीलाई थाहा छ । उखानै छ नि महामहिम महाराजा ! भनाइ नै छ नि... “मर्दले आँटे वर्ष दिन लाग्छ आइमाईले आँटे नि एकै दिन ।

Nepal Telecom ad

ग्रीसका राजा दारिउस । उनले उनतो राजप्रासादमा भव्य रुपमा भव्य भोजसभा आयोजन गरेका थिए, यस भोजसभालाई राजभाषामा ‘ब्याङ्क्वेट’ भनिन्छ । त्यसताका ग्रीसको जगजगी थियो । यीशुख्रीष्ट जन्मिनुभन्दा पहिसे यसको सिमाना भारतदेखि यूथोपियासम्म फैलिएको थियो । उक्त भोजसभामा भारतदेखि यूथोपियासम्मकै प्रजाहरू ग्वारग्वार्ति आएका थिए । नाच-गान-खानपिन वाल्छ्याल रुपमा भयो । रात पऱ्यो । विभिन्न् स्थानबाट आएका प्रजाहरू भक्कुमारी नाचेका-गाएकाले हत्तु हैरान भइसकेका थिए । भोजसभाबाट सबै प्रजाहरू आ-आफ्ना शयनकक्षमा सुत्नेपट्टि लागे । तिनका तीनजना अङ्गरक्षकहरू भने रातभरि जागै बसेर राजाको रखवारी गरिरहे ।

राति गफैगफमा उनीहरूले एउटा प्रतियोगिता आयोजन गर्ने निणर्य लिए । तीनजनाले प्रतियोगिताको विषय छनौट गरे । अन्त्यमा ‘संसारमा सबैभन्दा क्षमताशाली व्यक्तित्व को हुन्’ भन्ने विषयमा प्रतियोगिता गर्ने निणर्य सर्वसम्मतिले अनुमोदन गरे । उनीहरूले के निणर्य लिए भने, यस विषयमा प्रत्येकले आ-आफ्नो उत्तर लेखी राजाको सिरानमामुनि राख्ने छलफल भयो । राजाको निणर्यमा जस्तो उत्तर सठिक हुन्छ तिनलाई राजाले पुरस्कृत गर्नु मात्र होइन अमात्य पदमा वरण गरी राजसभामा राजाकै दाहिनेतिर बस्ने अधिकार दिनेछन् भन्ने घोषणा गरियो ।

उपस्थित प्रजाहरूमध्ये मात्रै तीनजना प्रतियोगीले मात्र आ-आफ्ना विचार वा निणर्य लेखी एकेकवटा खाममा भरी, सिल गरी राजाको सिरानमनि राखे । राजा उठ्ने बित्तिक्कै उनको सिरानमुन्तिर खाम देखे । यो खाम राखिएको कारणबारे एकजना अङ्गरक्षकले वृतान्त नालीबेली राजालाई सुनाए । राजालाई प्रतियोगिताको विषय सुठी नै मनपऱ्यो । सठिक र चित्तपर्दै उत्तर दिनेलाई पुरस्कृत गर्नाका साथै अमात्यको पगरी गुँथाइ राजसभा राजाकै सामु बस्ने अनुमति दिने प्रस्ताव पनि राजाले सहर्ष स्वीकारे । राजाले निणर्ायकमण्डली छनौट गरे । निणार्यकमण्डलीहरूमध्ये राजाबाहेक पर्सियाका तीनजना राजकुमार पनि सामेल थिए । पहिले जुन सीलबन्द खाम खोलियो त्यस खाममा लेखिएका थियो, “मदिरा नै सर्वशक्तिमान” (ध्ष्लभ ष्क क्तचयलनभकत) ।
दोस्रो खाममा, “राजा नै सर्वशक्तिमान” (प्ष्लन ष्क कतचयलनभकत) ।
तेस्रो खाममा, “नारी नै सर्वेसर्वा” (ध्यmबल ष्क बिि ष्ल बिि) ।

निणर्ायक मण्डलीमाझ खासखास र खुसखुसा हुन थाल्यो । एकार्कामाझ कानेखुशी । निकै बेरपछि तीनैजना प्रतियोगीहरूले आ-आफ्ना विषयलाई तर्कसहित प्रमाण पेश गर्नुपर्ने सर्वसम्मति क्रमले निणर्य लियो । पहिलो प्रतिचयोगीलाई एकजना निणर्ायकले भने, “मदिरा नै सर्वशक्तिमान” हो भन्न तर्कको आधारमा मदिरा नै सर्वशक्तिमान हो भन्ने तपाईको तर्क बुँदासहित पेश गर्नोस् ।

सभालाई प्रणाम गरी पहिलो प्रतियोगीले आफ्नो बुँदा पेश गरे, “सम्माननीय निणर्ायकगण ! मदिराको शक्ति गति डरलाग्दो हुन्छ सो बारे मेरा बुँदाहरू सुन्नुहोस् ध्यान लाएर । मदिराले मानिसको मनमा सोझै हाकाहाकी प्रभाव विस्तार गर्छ । मदिराको नशाले राजा, प्रजा, भिखारी, धर्मात्मा, पापी सबैको मन एउटै हुन्छ । टुन्न मातेपछि उनले आफूलाई राजा ठान्छन्, सेँठ ठान्छन् । उनीसित के छ वा छैन. समाजमा उनको सम्मान कति छ, गरिब हुन कि भिखारी सब बिर्सिन्छन् । दुःख, पीर, मर्का सबै बिर्सेर खुशीले उफ्रीपाफ्री गर्न थाल्छन् । त्यसबेला मनका राजा उनी । यति धेर बोल्छन् त्यसको हिसाबै हुँदैन । अरु बेला चाहिँ चुँ पनि गर्दैनन् । राजालाई खानसामा (भान्से) ठान्छन- खानसामालाई राजा । पिलन्धरे, फुकीढल पनि मदिरा सेवन गरेपछि आफूलाई शक्तिशाली ठान्छन् । यो संसारलाई एक्लै छुलछुल पार्न चाहन्छन् । आफूलाई पक्षी ठानेर आकाशमा उड़्न चाहन्छन् । भगवानलाई गाली गर्नुसम्म गाली गर्छन् । साथीसँगी बिर्सेर साथीकै हत्या गर्नसम्म पनि तम्सिन्छन् । आफ्नो विरानो चिन्दैनन् । नालीलाई ओछ्यान ठानेर नालीमा डङ्गै सुतिदिन्छन् । स्वास्नीलाई आमा ठानी उनको चरण ढोग गरी ग्वाँ…ग्वाँ रुन्छन् । आफ्नै बाबुलाई अर्को पार्टीका विरोधी नेता ठानी घिच्रामा समाती घर-बाहिर लखेटिदिन्छन् । कहिले ग्वाँ….ग्वाँती रुन्छन् ता कहिले भुँड़ी फुटिञ्जेल हाँस्छन् । कहिले कम्मर मर्काइ-मर्काइ नाचिदिन्छन् भने कहिले चूपो लागि दार्शनिकजस्तो एकोहोरो हेरिबस्छन् । नशा छ्याङ्ङै भएपछि उनलाई अघि बोलेका कुराहरू केही थाहा हुँदैन । हेर्नोस् सम्माननीय निणर्ायकगण ! मदिराको शक्ति कति रहेछ ?”

दोस्रो प्रतियोगी- “सम्मानीय एवम् पुजनीय महाराजा महोदय ! श्रद्धेय निणर्ायकगण ! मेरो विचारमा राजानै सर्वशक्तिमान हुन् । तपाईंहरूलाई थाहा भएकै कुरा हो, यो संसारमा मानिसको शक्तिबारे धेरै कुराहरू प्रमाणित भइसकेका छन् । जल, थल, अन्तरीक्षमा मानिसको प्रभुत्वबारे मैले यहाँ बखानिरहनु पर्दैन सायद । तर यिनै शक्तिशाली मानिसहरूलाई नियन्त्रण वा शासन गर्छन् राजाले । हकडक चलाउँछन् । राजाको हुकूम वा निर्देश अटेरी गर्ने साहस कसैको हुँदैन । कथङ्कल राजालाई अटेर गरे कि सर्वनाश…शास्ती । शास्ती मात्र होइन हजूर शास्ती मात्र होइन…मृत्युदण्ड पनि हुनसक्छ । हट्टा बाहिर पनि हुनसक्छ ।

जति पनि युद्धहरू हुन्छन् ती सबै नै राजाकै हुकुमअऩुसार नै हुन्छ । राजाको “जाऊ…आक्रमण गर”’ भन्ने आदेश गुञ्जियो कि महामहिमको आदेश पालन आफ्ना मूल्यवान जीवनको वास्तै नगरी युद्धभूमिमा आफूलाई न्यौछावर गर्छन् । नदी तरेर, पहाड़ उक्लेर मृत्युखेल खेल्न सदैवा तत्पर हुन्छन् तमाम् सेनाहरू । कहिले मर्छन्, कहिले मार्छन् । सबै राजाको आदेश । अलमाइटी किङ्ग । कुनै हालतमा पनि ती सेनाहरूले राजाज्ञा अटेर गर्दैनन् । लड़ाइँ जितेर उनीहरूले जे पाउँछन् राजालाई सश्रद्धा सुम्पिदिन्छन् । राजको सम्पद दोबर-तेबर बढ़ेर जान्छ ।

आदरणीय निणर्ायकगण ! योद्घाहरूकै हाराहारीमा अझै एक श्रेणीका मानिसहरू छन्, जसले खेतीपाती गरेर आफ्नो रगत पसिना फुर्मास गरी खेत-खलियान लहलह पार्छन् । यो श्रम राजाकै निम्ति हो । यिनीहरूको उत्पादनले राजभण्डार भरिन्छ । त्यतिमात्र होइन, यिनीहरूले निर्धारित समयमा राजकोषमा खजाना तिर्छन् । त्यस भए हेर्नोस्, राजा ता मात्रै एकजना छन् तर तिनको शक्त र क्षमता कति छ । राज्यका सम्पूणर् प्रजाले तिनको आदेश अर्षरश पालन गर्छन् । जब राजाले आदेश दिन्छन्, ’‘बनाऊ’, तुरुन्तै बनिन्छ । ‘भत्काऊ’, तुरुन्तै एक मिलिकमै डाङ्डुङ् । ‘बिरुवा रोप’- रोपिन्छन् । ‘रुख काट’- तुरुन्तै गार्लाम् गुर्लुम् । राजा भोज ग्रहण गर्दैछन्, उनले विश्राम गरिरहेका छन्, प्रहरीहरू आफ्नो विश्राम, भोक-तिर्खा त्यागी राजाकै पहरामा तैनात हुन्छन् अहर्निश । साँच्चै राजा ईश्वर हुन् । राजाको आदेश नै ईश्वरको आदेश । यसकारण, म के तर्क राख्न चाहन्छु भने, राजा नै सर्वशक्तिमान ।

तेस्रो प्रतियोगीले नारी नै सर्वेसर्वा भन्ने विषय आफ्ना गहकिलो र महकिलो तर्क पेश गरे, कदरणीय निणर्ायकमण्डलीगण ! मैले पूर्व तार्किकहरूको गतिला तर्कहरू सुनेँ । मेरो एउटा प्रश्न के छ भने, राजाको शक्ति, क्षमता, प्रभाव साँच्चै नै असिमित छ । यसमा कुनै शङ्का गर्ने ठाँवै छैन । अनि मदिरा ? यसको शक्ति ता झन् अपरम्पार छ… यो कुरा कसले अस्वीकार गर्न सक्छ र ! मदिराले भेटेपछि सबै घोड़ामा चढ़्छन् । मदिराले क्षमता अवश्यै बढ़ाउँछ । अब खास कुरा के हो भने, क्षमताशाली अति सर्वशक्तिमान राजा कहाँबाट आए ता ? नारीको कोखबाट । उनी आमा हुन् । गर्भधारिणी । एकजना राजा उनै आमाको गर्भबाट प्रसव भएका हुन् । राजा मात्र होइन, संसारभरिकै सम्पूणर् मानिसका जन्मधात्री आमा हुन् । सेना, सामन्त, मन्त्री, कुल्ली-भरिया, जसले जल, थल, आकाश सम्हालिरहेका छन्, खेतीपाती, व्यापार वाणिज्य, संस्कृतिको विकासमा गहन भूमिका वहन गरिरहेका छन्, उनीहरू सबै कहाँबाट कसरी भूमिष्ठ भएका हुन् ? उनीहरू सबै नारी अर्थात् आमाका सन्तान हुन् । राज सिंहासनका राजा नारी वा आमाकै सन्तान । समुद्रका नाविक, थलवाहिनीका प्रमुख सेनापति नारी वा आमाकै गर्भबाट आएका हुन् ।
म निणर्ायकगणलाई एउटा के प्रश्न गर्न चाहन्छु भने, के तपाईहरू आकाशबाट खस्नु भएको हो ता ? अब मदिराको कुरामा आउँ । अङ्गुरको रस । अङ्गुरको बगैँचा कसले स्याहार्छ ? उनै नारी वा आमाकै सन्तानहरूले । युगौंदेखि नारी वा आमाहरूले आफ्ना सन्तानहरूलाई यो संसारमा व्याइरहेका छन् । छातीमा टँसाएर दस धारा दूध ख्वाएर हुर्काउँछन् । कोही राजा, कोही नाविक, कोही सैनिक, कोही श्रमिक, कोही मालिक, कोही खेताला, कोही सिकर्मी, कोही डकर्मी, कोही शिक्षक, कोही डाक्टर, कोही नर्स, कोही के कोही केक । सबै आमाकै सन्तान हुन् । एकमात्र नारी मात्रै आमा हुन सक्छिन् । सम्माननीय निणर्ायकगण ! अब एकक्षणलाई नारीका महिमाका कुरा पनि सुन्नुहोस् । नारीबाहेक लोग्ने मानिसहरूको जीवन अचल हुन्छ । भनिएकै छ नि नो लाइफ विदाउट वाइफ । नारीको आकर्षण सहजै उपेक्षा गर्न सकिन्छ र !

एकजना लोग्ने मानिसले हीरा, मोती, सुन, चाँदी, प्रशस्तै रुपियाँ पैसा थुपारेका थिए । अचानक उनीसित एकजना सुन्दरी तरुणीसित भेट हुन्छ । उनले ती सबै अलङ्कार, गहना, रुपियाँ -पैसा उनै तरुणी सुन्दरीलाई प्रदान गर्दै भने, सुन्दरी मलाई तिम्रो सबै थोक देऊ, तिमीले मेरो सिरीखुरी लैजाऊ । मात्रै तिम्रो हृदयमा मलाई सामान्य स्थान देऊ । स्वास्नीको निम्ति लोग्ने मान्छेले आमाबाबा त्याग गरेका इतिहास हामीसित छँदैछ । देश छोड़्न परे पनि परोस्, नपरे पनि नपरोस् । एकमात्र स्वास्नी नै एकजना पुरुषको निम्ति आराध्यदेवी हुन्छिन् । अरु कुरा सबै तुच्छ । मेरो संसारमा अरु केही छैन ।

श्रद्धेय निणर्ायकमण्डलीगण ! तपाईंहरूले देखिरहनु भएको छ, स्वास्नीलाई सुख दिनका निमित्त एकजना लोग्ने मानिसले कतिको परिश्रम गर्छ । आफूले कमाएका सम्पूर्ण रुपियाँ पैसा उनकै स्वास्नीको हातमा सुम्पिदिन्छन् । आफ्नी प्रेमिकाकाको निम्ति मानिस दुस्साहिक अभियानमा लागि परेको सत्यासत्य बुझाउने उनको दुस्साहस । म राज भए तिमी मेरी रानी हुनेछ्यौ ।

एकजना सुन्दरी रमणीको निम्ति एकजना लोग्ने मान्छे उन्माद हुनसक्छन् महाराज । सुन्दरी प्रेमिकाका सामु बाघसित लड़ाइँ गर्न पनि तयार हुन्छन् लोग्ने मान्छे । पहाड़बाट समुद्रमा एकमिलिकमै हाम फाल्न पनि सक्छ । सर्पको टाउकाबाट मणि थुतेर प्रेमिकाका शीरमा राखिदिन पनि सक्छ । यी सबै तपाईहरूलाई थाहा भएकै कुरा हो । लोग्ने मान्छे नारीको निम्ति के गर्न सक्दैन ? स्वास्नीसित छलीछली रातभरि वाटस्एपमा च्याटिङ गरिदिन सक्छ ।

रिसानी माफ होस् महाराजा ! एउटा सामान्य उदाहरण यहाँ राख्न चाहन्छु । एकक्षणलाई सम्झनोस् …तपाईकी प्रेमिका छिऩ ’रे…सम्झौं कान्छी स्वास्नी । तपाईजस्ता महान् महाराजासित प्रणय बन्धनमा बाँधिने उसलाई यत्रो साहस कहाँबाट आयो ? राजप्रसादमा महारानी हुँदाहुँदै तपाईलाई उनको प्रणयमा लट्याएर तपाईको शिरको मुकुट अचानक फुकालेर उनको शिरमा राखिन् ’अरे ! रिस होइन तपाईको मुहारभरि मधुर अनि मिठाइलो मुस्कान तैँछाड़् मैँछाड़् गर्नेछ । त्यसपछि उनले उऩको देब्रे हातले प्याट्टै तपाईको गालामा पिटिन् अरे ।

तेस्रो प्रतियोगी अविराम बोल्दै गए, त्यसो भए हेर्नोस् नारीको शक्ति कस्तो हुँदोरहेछ ? त्यसभन्दा विशाल छ नारी शक्ति । सुन्दर नारीको सुन्दरतामा मोहित भएर ऋृषिमुनिहरू मैनबत्तीजस्तो पग्लेका हामीलाई थाहा छ । उखानै छ नि महामहिम महाराजा ! भनाइ नै छ नि…
“मर्दले आँटे वर्ष दिन लाग्छ
आइमाईले आँटे नि एकै दिन ।”

यो गीत पङ्क्ति सुनेर महाराजा मुस्कुराए । गम्भीर एवम् प्रसन्न मुद्रामा बोले, तिम्रो नाम के हो ?
नम्र स्वरमा तेस्रो प्रतियोगी बोले- मेरो नाम हजूर ? मेरो नाम जेरुबबेल ।
महाराज बोले- आऊ…जेरुबबेल मेरो आसनको दाहिनेतिर बस्ने अधिकार एकमात्र तिमीलाई नै छ । आजदेखि तिमी मेरो प्रमुख अमात्य । परम आत्मीय । तिमी मेरो विकल्प ।
करलत ध्वनिले राजसभा पागल भयो ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x