साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पालिन्छ दाह्री अब

दाह्री पाल्न, परेन शक्ति सुविघा चाहिन्न सत्ता पनि, ढाँट्ने सांसदले लिएसरि कुनै चाहिन्न भत्ता पनि, ठेक्का पार्दछ धेर तोक्छ जसले, तोक्ने कमी हट्दछ, ठेक्का पार्नु परेन, छैन लफडा पालिन्छ दाह्री अब ।

Nepal Telecom ad

छुट्टै भोजन चाहिएन न त यो तिर्खाउला हर्हर
छुट्टै बीज उमार्न मेहनत वा चाहिन्न आँठा, गह्रा
सोचेकै भरमा उमार्छ मनले, पाल्ने बुझे पुग्दछ
यस्तो झञ्झटमुक्त, पाल्न सजिलो पालिन्छ दाह्री अब ।

दाह्री औ नङ हुन् हठी जगतमा यो सत्य हो शाश्वत
उम्रिन्छन् जति काटिऊन्, मठुरिऊन् के छोड्दथे विप्लव ?
रेखा हाल्छ जुँगा,मिलाउँछ प्रथा, दाह्री त्यसै आउँछ
आफैं पौरख गर्न प्रेरक छ जो पालिन्छ दाह्री अब ।

नेतामा पनि हुन्छ उग्र हठ यो दाह्रीसमानै तर
बिक्छन् नोट मिल्यो भने सहजमै नेताहरू आखिर
नेताको हठ बिक्छ नीति बदली खेमा बनिन्छन् जब
दाह्रीमा छ इमान फूट नहुने पालिन्छ दाह्री अब ।

दाह्री काट्न हजामका तक गए पैसा र बेला गयो
काटूँ ब्लेड, छुरा लिएर घरमै लेठा, झमेला भयो
काटी साध्य हुँदैन भोलि झुसिला देखिन्छ गाला जब
भित्रैदेखि अठोट गर्छ मनले पालिन्छ दाह्री अब ।

दाह्री पाल्न, परेन शक्ति सुविघा चाहिन्न सत्ता पनि
ढाँट्ने सांसदले लिएसरि कुनै चाहिन्न भत्ता पनि
ठेक्का पार्दछ धेर तोक्छ जसले, तोक्ने कमी हट्दछ
ठेक्का पार्नु परेन, छैन लफडा पालिन्छ दाह्री अब ।

पाले लेनिन मार्क्सले गजबका दाह्री बडो स्नेहले
ब्रह्माले र अनेक सिद्ध मुनिले, विज्ञानका विज्ञले
नामी छन् कवि लेखनाथ, धरणी, बङ्गालका ठाकुर
नामी बन्न विना परिश्रम हुने पालिन्छ दाह्री अब ।

फाकफोकथुम- ४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x