देखाउनलाई उहाँहरूसँग सँगै खेलेको खाएको कुनै तस्वीर छैन, सरल बाटोको यात्री ऊ, न त लड्ने डर, उसको अगाडि भीर छैन, अर्काको काँध चढ्नेहरू लड्छन, खाएकाहरू लर्बराउँछन् बेस्सरी- जहाँ पुगे नि ठिकै छ, गन्तव्य उसको निश्चित छ, भित्र कुनै पीर छैन ।
०००
Δ
Fitkauli