सुलसुलेकर्मदा सिर्जना मञ्चको २२ औँ काव्यवाचन
अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि कलानिधि दाहालको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि भाग्यशाली अधिकारीको उपस्थितिमा रचना वाचन भव्य रूपमा सम्पन्न ।

काठमाडौं, २६ साउन २०७९ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको बाइसौं प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि कलानिधि दाहालको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि भाग्यशाली अधिकारीको उपस्थितिमा रचना वाचन भव्य रूपमा सम्पन्न भयो ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पुर्याउँदै आइरहेको छ । कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, गीत, साइनो तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । वाचित अधिकांश रचनाहरू राष्ट्रिय भावधारामा रचना गरिएका थिए ।
कार्यक्रममा रचना वाचन गर्ने स्रष्टा क्रमश कलानिधि दाहाल, डा बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, भाग्यशाली अधिकारी, प्राज्ञ नरनाथ लुइटेल, गङ्गा लिगल, दुष्यन्त भटराई, कृष्णराज ओलिया, नारायणप्रसाद पोखरेल, परशुराम परासर, गौरीनाथ ढकाल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, पुष्पा मिश्र, हरिप्रसाद चौलागाई, देवीप्रसाद मिश्र, दुर्गाप्रसाद सिग्देल, शारदा कार्की, सुरेशचन्द्र घिमिरे, बेनीबहादुर थापा, सूर्यकुमार पण्डित, रामकृष्ण अधिकारी, वसन्त अधिकारी, दुर्गा अधिकारी भमरकोटे, उत्तम भेटुवल, वीरबहादुर लोहनी, उर्मिला पन्त, कालीचरण बस्नेत, केशु पोखरेल, सुधा मिश्र, बिनुबाबा घिमिरे, चन्द्रावती अधिकारीले रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित दाहालले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलाएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्रमुग्ध बनाए भन्नु भएको थियो ।
समीक्षक वरिष्ठ कवि पुरुषोत्तम सिग्देलज्यूले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रमको संयोजन पोखरेलले गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































