साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

जस्को शक्ति उस्को भक्ति जस्ले सक्छ उस्ले तान्छ, एउटा हड्डी धेरै कुकुर, परस्परमा तानातान छ ।

Nepal Telecom ad

१.
को छन् तेरा ख्वामितहरू, कस्को पाउ छुन्छस् हरे ?
दुख पर्दा भेटिँदैनस्, कुन दुनियाँमा हुन्छस् हरे ?
जुन दिन तेरै कर्तुतहरूले भड्खालामा तँलाई जाक्छ,
अनि आफ्नै कर्म सम्झी, धुरुधुरु रुन्छस् हरे ।।

२.
फड्किएर भाग्नखोज्ने, भड्खालामा परे भन्थ्यो,
ती धार्नीका टाउकेहरू, बिसौलीमा झरे भन्थ्यो ।
सहर बस्ने एउटा साथीले म्यासेन्जरमा खबर दियो,
निभ्न लागेका बत्तीहरूले, निकै धिपधिप गरे भन्थ्यो ।।

३.
कुकुरको राजमा अचेल, निकै ठूलो घमासान छ ।
आफूले मौका नपाउने, लुरे कुकुर परेसान छ ।
जस्को शक्ति उस्को भक्ति जस्ले सक्छ उस्ले तान्छ,
एउटा हड्डी धेरै कुकुर, परस्परमा तानातान छ ।।

४.
हावादारी अरु हुन्नन्, दरवारी र झोले जस्तो ।
मुखले ठिक्क व्यवहारमा, अगुल्टाले पोले जस्तो ।
समानताको कुरो पनि सुनाउनलाई मात्रै रेछ,
जति खायो नअघाउने, आश्वासनको खोले जस्तो ।।

५.
खाने मुख हाल्ने भुँडी, हातमा थाप्ने भाँडो भयो ।
बल्ल थाहा भो तिम्रो विकास, किन यति चाँडो भयो ।
भीक्षाटनको चारो टिपी देश चलाउँछु भनी हिंड्छौ,
यो मगन्ते पारा तिम्रो, हाम्रो लागि घाँडो भयो ।।

०००
चन्द्रनिगाहपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x