साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा पुरस्कार वितरण

प्रतिष्ठानको आयोजनामा पाँच जना कविहरूको संयुक्त कवितासङ्ग्रह ‘आजको आकाश’ एक भव्य समारोह बीच प्रा. डा. माधवप्रसाद पोखरेलले कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा लोकार्पण ।

Nepal Telecom ad

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले यो हफ्ता लगातारै कार्यक्रम गरेको छ। अस्ति पुरस्कार वितरण गरेको थियो भने हिजो २०७९ असार ५ गते प्रतिष्ठानको आयोजनामा पाँच जना कविहरूको संयुक्त कवितासङ्ग्रह ‘आजको आकाश’ एक भव्य समारोह बीच प्रा. डा. माधवप्रसाद पोखरेलले कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा लोकार्पण गर्नुभएको खबर छ ।

कविहरू प्रह्लाद पोखरेल, जीवराज घिमिरे, डा. राजेन्द्रप्रसाद अधिकारी, रवीन्द्र आशिष शैली र आर. के. धर्मस्थलीका कविताहरू समाविष्ट सो कृति यस अघि पनि यही शीर्षकमा यिनै कविहरूद्वारा प्रकाशित कृतिको निरन्तरता हो । यस अघि यी कविहरूद्वारा २०४२ सालमा पहिलो पटक र २०६३ सालमा दोस्रो पटक प्रकाशन गरिएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल र साहित्यकार तथा गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदनले लोकार्पित कृतिका बारेमा बोल्नुभएको थियो भने पाँचै जना कविहरूले सङ्ग्रहबाट कविता वाचन गर्नुभयो । प्रमुख अतिथि प्रा. डा. पोखरेलले नेपाली कविताको परम्परा र पाँच कविहरूको नेपाली कविताको संवद्र्धनमा योगदानबारे चर्चा गर्दै आयोजक संस्था दायित्व वाङ्मय प्रतिष्ठानको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका सभापति रामप्रसाद पन्तले कृति प्रकाशन गर्न पाएकामा दायित्व वाङ्मय प्रतिष्ठानका तर्फबाट खुसी र आभार व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य यादव भट्टराईद्वारा सञ्चालित कार्यक्रममा महासचिव डा. लेखप्रसाद निरौलाले स्वागत मन्तव्य र सदस्य डा. नम्रता पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x