साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर र औषधि

साइड एफेक्ट रोकथाम गर्न फेरि दस किसिमका औषधि । जुन डाक्टरको जति लामो प्रेसक्रिप्सन हुन्छ ती डाक्टर उति ठूला र भयङ्कर डाक्टर ।

Nepal Telecom ad

अचेलका मानिसहरू निडर छन्, ढीट छन् । बन्दुक, बम, गोला-बारुदसित उसलाई ठ्याम्मै डर लाग्दैन । तर आौषधि, डाक्टर र सुई भनेपछि डरले लिङलिङ हुन्छन् । डाक्टरको शरण नलिई पनि उपायै छैन । जतिञ्जेल श्वास त्यतिञ्जेल आस ।

अचेल डाक्टर पनि थरि-थरिका हुन्छन्- नानीको डाक्टर, छातीको डाक्टर, हड्डीको डाक्टर । आँखा-नाक-कान (ईएनटी) को डाक्टर । अब नानीको मात्र डाक्टर हुनेछैन, युवकको डाक्टर र युवतीको डाक्टर अलग्गै, पेटको डाक्टर (भविष्यमा पानीपेटको अर्कै डाक्टर, आगोपेटको अर्कै डाक्टर होला) । वृद्धको डाक्टर, वृद्धाको डाक्टर । निकट भविष्यमा यस्तो समय आउला, सर्दी-खोकी लाग्दा तपाई डाक्टरकहाँ जँचाउन जाहनुहुन्छ अवश्यै । ती डाक्टरले भन्लान्- “सरी ! म ता हाच्छ्यूँ स्पेशलिष्ट हुँ ।”

कुनै डाक्टर हास्य स्पेशलिष्ट होलान् । रोगी जाँच्नभन्दा अघि पानीपेट कि आगोपेटमा कुतकुती लाएर भुतुक-भुतुक् पार्दै जाँच्दै भन्लान्- “कनै डर मान्नु पर्दैन । बिसेक हुन्छ ।”

हाम्रा पालाका डाक्टर तर अर्कै र बेग्लै प्रकारका थिए । जति भाको औषधि झोलामा बोकेर गाउँ-गाउँ डुल्थे । एनासिन, स्यारोडिन, क्रोसिन, इण्ट्रोकुइनल आदि उनको झोलाभरि हुन्थे । नाड़ी छामेर औषधि दिएपछि बिमार च्वाट्टै । टाउको दुख्नेलाई स्यारिडन, पेट बिग्रेकोलाई इण्टरोकुइनल, ज्वरो आएकोलाई ज्वरोको मात्रा हेरी क्रोसिन, एनासिन दिन्थे । बढ़्ता पैसा लिँदैनथिए औषधिको खास दाम बाहेक । उबेला उपरोक्त बिमारबाहेक अरु बिमारको नाम सुनिँदैन्थ्यो ।

गाउँका एकजनालाई चाल्नी पिलो निस्केछ । दुखेर खपिनसक्नु छ । मरैरे डाक्टरकहाँ आए । डाक्टर नम्र स्वरमा बोले- “निमपत्ता उमालेको तातो पानीले पिलो सेक्नू ।” तीन-तीनवटा इण्टेरोकुइनलका ट्याबलेट पनि दिए । भोलिपल्ट ती रोगी डाक्टरकहाँ आएर उनको चाल्नी पिलो स्याप्पै भएको कुरा सुनाए । बातको रोगीलाई क्रोसिनको धूलो लुगामा पोको पारी लालटिनको तातोमा सेक्नु भन्थे । काटेको भए स्यारिडनको धूलो काटेको ठाउँमा राखेर रगत आउन बन्द गरिदिन्थे ।

अहिले हाम्रा पालाको युग सिद्धियो भन्दा कुनै टुटा नपर्ला । गाउँका निरक्षर बुहारी अचेल पेट दुख्दा गाइनोकहाँ दुगुर्छिन् । गाइनोको घानमा परेपछि किसिम-किसिमका औषधिहरू । ती किसिम-किसिमका औषधि सेवन गरेपछि चालिस प्रकारका प्रतिक्रिया (साइड एफेक्ट) । साइड एफेक्ट रोकथाम गर्न फेरि दस किसिमका औषधि । जुन डाक्टरको जति लामो प्रेसक्रिप्सन हुन्छ ती डाक्टर उति ठूला र भयङ्कर डाक्टर । तीन प्रकारका एण्टिबायोटिक, दुइ सेट भिटामिन अनि दुइ स्ट्रिप स्लिपिङ्स पिब्स । निको भएपछि आधा दर्जन अर्थात् ६-६ वटा बड़े-बड़े आकारका टनिक । बस् फिट एण्ड फाइन । यता रोगी फिट एण्ड फाइन उता ब्याङ्क चित । रोग बिसेक भए पनि ऋृण तिर्न नसकेर आधा मासु ।

उबेलाका डाक्टरले रोगीलाई विशेष औषधि दिँदैन थिए । कसैलाई ’पानी धेर खानु’ भन्थे, कसैलाई ’एकाबिहानै घुम्नु जानु’ भन्थे । कुनै कुनै डाक्टर ता, “जाऊ… निश्चय डाक्टरकहाँ जाऊ । तिमीहरू डाक्टरकहाँ आएनौ भने हामी कसरी बाँच्नु ?”

फेरि थप्थे, “त्यसपछि प्रेसक्रिप्सन लिएर औषधि पसलमा जाऊ । औषधिवालाहरू पनि ता बाँच्न पऱ्यो । औषधि किनेर डस्टबिनमा फ्याँक्नु नभुल्नु नि । कारण तिमीले पनि ता बाँच्नुपर्छ ।”

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x