साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को वर्षा पर्खिरहेछौँ

उस्को मेरो, मेरो उस्को नाक जल्छ हिजोको बबण्डर फेरि आउँछ कि भनेर भित्रभित्रै थर्किरहेछौं तर पनि हामी अर्को बर्षा पर्खिरहेछौं ।

Nepal Telecom ad

बच्चा कोरल्न नसकेको
बाँझो समयको काखमा
डङ्ग्रङ्ग पल्टिएर
प..र क्षितिजको घुर्मैलो आकाश नियालिरहेछु
त्यो पनि हाम्रो मानसिक अवस्था जस्तै छ ।

हिजोको गन्धकको मातले दिशा भुलेका
पहेंला बादलहरू
गुप्त उथलपुथलको हुण्डरी त्रास धम्की दिएर
रुखका कापमा
टुसाउँन लागेका बर्तमानका मुनाहरूलाई
सम्पूणर् रुखैसँग निमोठ्ने भय बेच्दैछ ।

बर्षा त हिजो पनि कहाँ सजिलो आयो र ?
कानका जाली नै निमोठ्ने
चट्याङ आतङ्क
घरै खरानी बनाउला झैं को
कान्लामुनिको आगो
शनी पूजा
खोरका बोका कुख्रा
गोठका राँगा भैसीको बलिदान
देवीथानका भाकलहरू सबै सबै ब्यहोरेर
बर्षा बोलाएका हौं हामीले ।

तर
ऊ पनि फूर्किएर पस्यो घुर्किएर पस्यो
ज्यामिरेलाई भत्काएर पस्यो
छाप्राहरूलाई डस्यो
हाम्रा आस्थाका खेतहरूलाई उँधै लगायो
हाम्रो निरपेक्ष स्वाभिमानलाई
उँधै बगायो
तमास गर्यो र पनि सहनै पर्यो ।

आज जताततै टेक्ने धरातलमा धाँजा फाटेको छ
दिनहुँ सडकमा पयरीय धूलाको जुलुस चल्छ
जङ्गलको आगो र शहरको धुवाँले
उस्को मेरो, मेरो उस्को नाक जल्छ
हिजोको बबण्डर फेरि आउँछ कि भनेर
भित्रभित्रै थर्किरहेछौं
तर पनि हामी
अर्को बर्षा पर्खिरहेछौं ।

फेरि रक्ताम्य निन्द्रा पर सारेर
जिन्दगीको कमिजमा
एउटा बाहुला माथि एउटा तल झारेर
भागी जाने रेलको
अन्तिम डिब्बामा
हतार हतार चढिरहेछ समय ।

ब्ल्याक होलको अर्को पाटोमा
फ्लास होलको परिकल्पना साँधेर
आइन्स्टाइनको सापेक्षतावाद बाँचेको छ

शहरमा रातपरेपछिको आवाजमा
टाढा कतै अन्धकारको छायाँ खस्छ
र मान्छेको रगत
हिउँ जस्तै जम्छ
क्षितिजपारिको देशमा चलेको
अनपेक्षित युद्धको पिरो धुवाँ
नाके टोड्कीको साम्राज्य पिरोल्दैछ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x