साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र !

के को लागि छ राष्ट्रघात अहिले स्वार्थी तिमी हौ भन के को लागि लिएर हुर्मत सबै नाड़्गो छ धर्ती वन ।

Nepal Telecom ad

के ल्यायो गणतन्त्रले मुलुकमा केही त मानौँ वर !
के आयो गणतन्त्रले सकलमा कोही त जानौँ नर !!
छैनन् देश विदेश तर्फ घरका सन्तान छोराहरू ,
के छायो गणतन्त्रले मुलुकमा कोही त बोलौँ सर !!

थाप्लोमा कति सम्म भार ऋणको बोक्दै तिमी छौ भन !
छातीमा कति सम्म मार बुटको थेग्दै तिमी छौ भन !!
घाँटीमा कति सम्म धार रिपुको छेक्दै तिमी छौ भन !
के ल्यायो गणतन्त्रले मुलुकमा बुझ्ने तिमी छौ भन !!

के को लागि लडेर देश छिनियो पार्यौ तिमीले चिरा !
के को लागि छलेर देश गिँडियो मार्यौ तिमीले खुरा !!
के को लागि छ राष्ट्रघात अहिले स्वार्थी तिमी हौ भन
के को लागि लिएर हुर्मत सबै नाड़्गो छ धर्ती वन ।

दिन्छौँ गाँस कपास वास सबको गर्थ्यौ सधैँ यी कुरा ।
दिन्छौँ काम र रोजगार सबको सम्मान यी पाखुरा ।
ऐले खै बलिया युवा मुलकका लागे विदेशी बनी ।
फर्किन्नन् कहिल्यै स्वदेश अब ती धिक्कारको जीवनी ।

झुक्नै दिन्न भन्यौ अपार महिमा ऐले भयो के भन !
सुक्नै दिन्न भन्यौ अनन्त गरिमा ऐले कहाँ खै त्यो धन !!
तिम्रै नाम बढ्यो जहान घरका मन्त्री बने सांसद !
तिम्रै शान चढ्यो तमाम पदमा हालीमुहाली जब !!

बाँच्दैछन् अहिले मरेर कसरी आशा विना जिन्दगी!
हाँस्दैछन् अहिले बुझेर जसरी इच्छा भयो बन्धकी !!
पाएनन् गणतन्त्रबाट अहिले खाना र छानाहरू ।
ल्याएनन् गणतन्त्रले सुख कतै फाल्यो सबै आबरु ।

उस्तै छन् जनता अझै कहरमा बाँच्दैछ नेपाल यो !
उस्तै छन् जनता सधैँ सकसमा बाँच्दैछ नेपाल यो !
तिम्रै मात्र पुग्यो सबै रहर ती रित्तो छ हाम्रो घर ।
मास्ने भो गणतन्त्रले मुलुक यो लाग्दैछ यस्तै डर ।

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x