साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको ११२औं श्रृङ्खला खोरिया महोत्सव

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११२औं श्रृङ्खला खोरिया महोत्सव स्रष्टा सम्मान एबं रचना वाचन सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ श्रावण ४ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११२औं श्रृङ्खला खोरिया महोत्सव स्रष्टा सम्मान एबं रचना वाचन सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ साहित्यकार डा.बमबहादुर थापा जिताली, ललिता दोषीको प्रमुख आतिथ्यता र गंगा लिगल, मणिराज सिंहको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा भएको सम्मान विशेष काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश खगेन्द्र बस्याल, लक्ष्मीप्रसाद मिश्र, उर्मिला पन्त, दुर्गा रिमाल अधिकारी, गंगा अभिलाषी, सिता पाण्डे अधिकारी, द्वारिका कुईंकेल, बिनुबाबा घिमिरे, चन्द्रा न्यौपाने, सरस पाण्डे, शारदा आचार्य, सुशिला ढकाल, सुयोग श्रेष्ठ, टेकबहादुर लौडारी, उमा ओडारी, यज्ञ सुवेदी, गीता अर्याल, वीरबहादुर लोहनी, सरस्वती श्रेष्ठ, तिला लेकाली, नवराज भट्ट, शेखर अर्याल, जानुका थापा रायमाझी, सविता वाग्ले, रमा आचार्य, चन्द्रावती अधिकारी, सिर्जना खनाल, अवि अधिकारी लगायत ३४ जना सर्जकहरूले आ-आफ्ना रचना विशेष गरि अधिकांशले खोरिया वाचन गर्नु भयो ।

प्रमुख अतिथि जितालीले अत्याधुनिक प्रविधिको प्रयोग गरि सम्मान कार्यक्रम भएकोमा खुशी व्यक्त गर्नुहुँदै खोरिया रकेटर सम्मानित सम्पूणर्मा बधाई दिनु भयो र सेलो गायन गरी सुनाउनु भयो । विशिष्ठ अतिथि मणिराज सिंहले र गंगा लिगलले चन्द्रागिरिको कार्यक्रम ज्यादै प्रभावकारी रहेको भन्दै सम्मानितहरूमा बधाई ज्ञापन गर्दै आफ्नो रचना सुनाउनु भयो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले खोरियामा पाँच दिवसीय तीज गीत महोत्सवका स्रष्टाहरूलाई सम्मान गर्न पाएकोमा खुशी एबं गर्व लागेको छ भन्नुहुँदै खोरिया लोक छन्द हो, छन्दका कविताहरू गाउनमा सजिला हुन्छन् खोरिया लोकछन्द भएकोले वाचन भन्दा पनि गेयात्मकताले स्थान ओगटेकोमा अझ प्रवर्तकको रुपमा आनन्दित भएको विचार व्यक्त गर्दै ११२ औं श्रृङ्खलामा जोडिने साहित्यकार र निरन्तर जोडिनु हुने साहित्यकारहरूको अमूल्य समयको योगदान भएकोले उत्साहजनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकोमा गर्व गर्दै खोरियालाई तिजको भाकामा सुनाउनु भयो । र सम्पूणर्मा धन्यवाद ज्ञापन गरि समापनको घोषणा गर्नु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x