जीवन ‘पीडित’ दाहालआवश्यकता
“बिहानै गणतन्त्र पकायो-टन्न खायो, बेलुकै गणतन्त्र पकायो टन्न खायो, अहिले जस्तो एकछाकमा बाँच्नु त पर्दैन थ्यो भनेर नि”- सुन्तलीको उत्तर थियो ।

चुनावको बेला भएकाले जीवनपुर डाँडाको चौरमा लाउड स्पिकरबाट ठूलो स्वरमा नेताले बोलेको सुनियो- “हामीले ठूलो र लामो संघर्ष गरेर गणतन्त्र ल्याएका छौं । अब कुनै पनि नेपालीले भोको बस्नु पर्ने छैन । कसैले पनि दुःख पाउने छैन । ………. ।”
त्यसै लाउड स्पिकर ? स्वर पनि लाउड निकाल्ने नै भयो नि । जसको स्वर अन्यत्र त कहाँसम्म पुग्यो थाहा छैन तर त्यसै डाँडाको फेदीमा रहेको नौबिसे खोलासम्म चैं टड्कारो सुनियो ।
खोलाको किनारमा आमासँगै ढुंगा (गिट्टी) कुटिरहेकी सुन्तलीका हात टक्क रोकिए चुनावी भाषण सुनेर अनि उसले आमातिर फर्किएर भनी- “साँच्ची, यो गणतन्त्र हाम्रातिर चैं कहिले बाँड्ने र’छ्न् आमा ?”
“किन र छोरी ?“- आमा उत्सुक भइन् छोरीको कुरामा ।
“बिहानै गणतन्त्र पकायो-टन्न खायो, बेलुकै गणतन्त्र पकायो टन्न खायो, अहिले जस्तो एकछाकमा बाँच्नु त पर्दैन थ्यो भनेर नि”- सुन्तलीको उत्तर थियो ।
गौरादह-७, झापा
Subscribe
Login
0 Comments
Oldest







































