प्रेम ओली ढकलपुरेनत्र नेपाली भएरै मर्नु होला
तपाईं स्वतन्त्रलाई जिताउने कुरा गर्नु हुन्छ के यो उनीहरूबाट सम्भव छ ?, हेर्नुस् उनीहरूले जे भने पनि, कुनै भ्रममा नपर्नु होला नत्र भन्द्याछौं है तपाईं नेपाली भएरै यहीँ मर्नु होला ।

तीस वर्षसम्म
हामी मिलेर यो देशलाई कङ्गाल बनाइदियौँ
मावोबादी, मदेश दल आएपछि मिलेर
यो देशलाई हरिकङ्गाल बनाइदियौँ
अब एक मौका दिएर त हेर्नुस्
हामी यो देशलाई श्रीलङ्का बनाइदिन्छौँ ।
अनि तपाईंहरू सरणार्थी बनेर
कोही अमेरिकातिर जानु होला
कोही युरोपतिर जानु होला
उतै बसी बसी मागेर खानु होला
हामी यहीँ बसी बसी देशको नामै
भारत वा अमेरिका बनाइ दिन्छौं
बरु पछि आएर खुरुक्क
नगरिकता साटेर नयाँ नागरिकता लानु होला ।
हेर्नुस् हाम्रो योजना महान् छ
जो अरु देशले चाहन्छ
स्वतन्त्रले हिन्दू देश बनाउँछु भन्ला
हाम्रा पार्टीहरू सधैं निरपेक्ष भन्छ
हामी तपाईलाई हिन्दू भएर कहाँ मर्न दिन्छौं
त्यसैले यहाँ मन्दिर भन्दा धेर चर्च बन्छ ।
तपाईं स्वतन्त्रलाई जिताउने कुरा गर्नु हुन्छ
के यो उनीहरूबाट सम्भव छ ?
हेर्नुस् उनीहरूले जे भने पनि, कुनै भ्रममा नपर्नु होला
नत्र भन्द्याछौं है तपाईं नेपाली भएरै यहीँ मर्नु होला ।
हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































