साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

एक
कछुवाले खुड्किलो चढ्नु पो त चढ्नु
चुनौतीलाई पार गर्दै बढ्नु पो त बढ्नु
कोरा किताब कण्ठस्थ पार्दैमा के हुन्छ ?
किताबले नै स्वयंलाई पढ्नु पो त पढ्नु ।

दुई
विचार कुहिएकाहरूसँग संगत गर्नु नपरोस्
कसैमाथि आश्वासन अनि भ्रम छर्नु नपरोस्
बाँदर बाठो हुँदा के च्यापिन्छ थाहा छ मलाई
गिरेर कसैको आँखाबाट तल झर्नु नपरोस् ।

तीन
दुखेको घाउमा खाडल खोप्नेहरूसँग सकिँदै सकिन्न
मित्रताको निहुँमा खील रोप्नेहरूसँग सकिँदै सकिन्न
जिन्दगी सखाप हुन सक्छ, एक सेकेन्ड होश गुम्दा
भेष बदलेर कठै ! मौका छोप्नेहरूसँग सकिँदै सकिन्न ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x