साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निलिमा स्वच्छ छैन

छैन छैन, माथि निलिमा स्वच्छ छैन अन्योल, अपरिभाषित त्रस्त मानव समुदाय मृत्युशैय्यामा विश्वास आशाको मृत्युमा अचेत भरोसा, चिन्ताग्रस्त दुनियाँ खै स्वच्छ छैन निलिमा ।

Nepal Telecom ad

हेम अधिकारी :

आकाश उघ्रिएको छ त ?
छ्याङ्ग छ वातावरण
भनिन्छ
तुवाँलाको पर्दामाथि
सुदूर निलिमा नियाल्न हिँडेका आँखा
पर्दामुनिको छटपटी, अन्योल र वितृष्णामै
अल्मलिएर विलखबन्द
दुर्गन्धले नाक आफैँ खुम्चिन्छन्
यता फोहोर, उता फोहोर, जतातता फोहोर
फोहोरको डङ्गुरमा कैद हाम्रो समय ।

विपनामै देखाइएका र देखिएका सुन्दर
सपनालाई शहीद घोषणा गरिएको क्रुर समय
मरिनसकेका, ओइलाएका मात्र सपनाहरू
ब्युँझन सक्छन्
दावानल बनेर जाग्न सक्छन् ।
जबर्जस्ती शहीद ?
मार्ने को हो ?
सपनाको मृत्यु घोषणा गर्ने को हो ?
कैयौँपटक सपनालाई
सहिद बनाइएको
इतिहास बायाँ किनाराको साक्षी छ ।
ओइलाउँदै मृत्यु घोषणा गर्नेलाई ऊ सोधिरहेछ
के तिमीले युगपरिवर्तन चिनेका छौ ?
तिमीले भन्दैमा हुन्छ ?
सबैले चिन्नु र मान्नु पर्दैन ?

छैन छैन, माथि निलिमा स्वच्छ छैन
अन्योल, अपरिभाषित
त्रस्त मानव समुदाय
मृत्युशैय्यामा विश्वास
आशाको मृत्युमा
अचेत भरोसा, चिन्ताग्रस्त दुनियाँ
खै स्वच्छ छैन निलिमा ।

चाड आएको छ रे सधैँ माथि
गाउँमा न चाडबाड, सबै उजाड
मस्तले त्रस्त पारे
सपार्नेमा सखाप पारे
तल टेक्न कठिन कठिन
माथ निलिमा स्वच्छ छैन ।

०००
झापा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x