साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता माता हुन् हाम्रा चेतना-प्रभा

सूर्यझैँ चेतना शक्ति पिताको देन हो बुझौँ पृथ्वी आमा यिनै हाम्री माता पृथ्वी दुवै पुजौँ । हामी सन्तानले नौला छरौँ सत्कर्मका विभा पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यो सृष्टि कसले गर्छ को हो यो विश्व पालक
संसार यन्त्रशाला यो को होला विश्व चालक ।
दिव्य सञ्चेतना छर्ने को होला जीव रन्ध्रमा
हामीले बुझ्नुपर्ने छ ज्ञान विज्ञानको प्रभा ।

कस्तो कर्म गरे हाम्रो जिन्दगी फूल बुझ्नु छ
के कस्ता सोच राखेमा मार्ग खोलिन्छ चुन्नु छ ।
के कस्तो शक्तिले चल्छ सृष्टि सम्भारको सभा
पिता माता उनै ज्योति सन्तान शिशुका प्रभा ।

सृष्टिको पहिलो कर्म प्राणीमा जीव चेतना
सूर्यले जसरी छर्छन् उज्यालो ताप लोकमा ।
मोह सन्तानको चक्र यस्तै चल्दछ सर्वदा
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

आकाश सूर्यले व्याप्त पृथ्वी हावा प्रतापले
मान्छेको जन्म हो त्यस्तै पिता माता प्रभावले ।
बच्चा हुर्की भयो योद्धा संसारी यो प्रपञ्चमा
पिताको ऋषिझैँ कर्म माताको स्नेह भावना ।

आमा बाबु दुवैबाट माया हार्दिक पाउँदै
सुनौला वृक्ष हुर्किन्छौँ नाच्दै सङ्गीत गाउँदै ।
जन्मदाता पिता माता आशिर्वाद मिल्यो जियौँ
कोपिला फूलका हामी फूलबारी सजाइयौँ ।

हामीभित्र बगेको छ पिताको वंश गौरव
हामीभित्र रहेको छ माताको दिव्य सौरभ ।
देवता जन्मदातामा सेवा र ममता दिँदा
भविष्य बन्छ हाम्रो नै मातापिता खुसी हुँदा ।

सूर्यझैँ चेतना शक्ति पिताको देन हो बुझौँ
पृथ्वी आमा यिनै हाम्री माता पृथ्वी दुवै पुजौँ ।
हामी सन्तानले नौला छरौँ सत्कर्मका विभा
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

०००
बैजनाथ गा पा वार्ड नं १चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x