साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता माता हुन् हाम्रा चेतना-प्रभा

सूर्यझैँ चेतना शक्ति पिताको देन हो बुझौँ पृथ्वी आमा यिनै हाम्री माता पृथ्वी दुवै पुजौँ । हामी सन्तानले नौला छरौँ सत्कर्मका विभा पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यो सृष्टि कसले गर्छ को हो यो विश्व पालक
संसार यन्त्रशाला यो को होला विश्व चालक ।
दिव्य सञ्चेतना छर्ने को होला जीव रन्ध्रमा
हामीले बुझ्नुपर्ने छ ज्ञान विज्ञानको प्रभा ।

कस्तो कर्म गरे हाम्रो जिन्दगी फूल बुझ्नु छ
के कस्ता सोच राखेमा मार्ग खोलिन्छ चुन्नु छ ।
के कस्तो शक्तिले चल्छ सृष्टि सम्भारको सभा
पिता माता उनै ज्योति सन्तान शिशुका प्रभा ।

सृष्टिको पहिलो कर्म प्राणीमा जीव चेतना
सूर्यले जसरी छर्छन् उज्यालो ताप लोकमा ।
मोह सन्तानको चक्र यस्तै चल्दछ सर्वदा
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

आकाश सूर्यले व्याप्त पृथ्वी हावा प्रतापले
मान्छेको जन्म हो त्यस्तै पिता माता प्रभावले ।
बच्चा हुर्की भयो योद्धा संसारी यो प्रपञ्चमा
पिताको ऋषिझैँ कर्म माताको स्नेह भावना ।

आमा बाबु दुवैबाट माया हार्दिक पाउँदै
सुनौला वृक्ष हुर्किन्छौँ नाच्दै सङ्गीत गाउँदै ।
जन्मदाता पिता माता आशिर्वाद मिल्यो जियौँ
कोपिला फूलका हामी फूलबारी सजाइयौँ ।

हामीभित्र बगेको छ पिताको वंश गौरव
हामीभित्र रहेको छ माताको दिव्य सौरभ ।
देवता जन्मदातामा सेवा र ममता दिँदा
भविष्य बन्छ हाम्रो नै मातापिता खुसी हुँदा ।

सूर्यझैँ चेतना शक्ति पिताको देन हो बुझौँ
पृथ्वी आमा यिनै हाम्री माता पृथ्वी दुवै पुजौँ ।
हामी सन्तानले नौला छरौँ सत्कर्मका विभा
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।

०००
बैजनाथ गा पा वार्ड नं १चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x