साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूमिगत

मेरो अगाडि लागिरहेका वर्तमान राजाहरूलाई यसो चियाएर रक्सी पसलतिर हेरेँ । तिहारको बेला कोरा बारेको पहिरनमा मलाई उनीहरूले थुम्थुम्याउँदै भने । “यो पनि जमानाको भूमिगत लडाकु हो !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

“गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई !”
यो बोलको गीत सुनेपछि रातभरिको निद्रासँगै द्यौसीमा भूईंमा खुट्टा हुँदैन थियो । तर तिहारको बेलामा द्यौसीको रमाइलो हुन्थ्यो नै । यसका साथै निरंकुशताको परिवर्तनका लागि जागरणको बोलको यो गीतले मनमा लाग्दथ्यो । देशमा परिवर्तन भयो भने राजा नै हुन्छुजस्तो उर्जा उठ्थ्यो । घरमा सुरूक्क छिरेर आमासँग लाडे पल्टेर भनिन्थ्यो ।
“म पनि राजा हुन्छु अब !”

आमाको आँखामा खुसीको आँसुका साथ एक थोपा जीवन जलेको आँसु तपक्क भुईंमा खस्थ्यो । उहाँको मजेत्रोमा मेरो खुसी लटपटिन्थ्यो । एक्कासी कराउँथेँ !
“आमा ! म राजा भएँ भने हजुर मुमाबडामहारानी !”
आमाले रोदन र हाँसोको समिश्रणको प्रभावले निलो ओठ खुब फर्फराउनु हुन्थ्यो । उहाँको निशब्दले म भविष्यको आशा कुरेर बसिरहन्थेँ । एक दिन, दुई दिन, तीन दिन, महिना दिन, वर्ष दिन अथवा कुनै पनि दिन, त्यो दिन आमाले देख्न सक्नु भएन । मृत्युको सास जाने बेलामा एकपटक मैले केटाकेटीमा द्यौसी खेल्दा सुनेको गीत र मेरो आशा बारे आशीर्वाद दिएर भन्नुभयो ।

“तँ राजा भइस भने आमाको गरिबीको व्यथाको ऋण तिरेस है !”
मेरो आँखा एकोहोरिए, ओठ सुके, अमुहार निलो भए । आँशुको थोपा कसो कसो आमाको मुखमा पर्यो । तत्कालै उहाँले शब्दका साथ प्राण त्याग गर्नुभयो । मनमा लाग्यो ।
“अन्तिम सासमा आमाका लागि एक थोपा आँशुको जल !”
मेरो घरमा त्यो वर्ष आमाको बरखी परेकोले तिहारमा द्यौसी खेल्न कोही आएनन् । परपर गाउँका घरघरमा केटाकेटी र युवाहरूको द्यौसी गीत सुनिरहेको थिएँ ।
“गाउँ गाउँमा सुत, सहर सहरमा सुत, यो देशको मुहार हर्न लाई !”
मेरो मनमा एक्कासी एक प्रश्न उठ्यो र चिच्याउँदै कराएँ ।
“तिमीहरू राजा बन्दैनौ ?”

मेरो अगाडि लागिरहेका वर्तमान राजाहरूलाई यसो चियाएर रक्सी पसलतिर हेरेँ । तिहारको बेला कोरा बारेको पहिरनमा मलाई उनीहरूले थुम्थुम्याउँदै भने ।
“यो पनि जमानाको भूमिगत लडाकु हो !”
फिस्स हाँसेर पर परसम्म राजा भेटेर मख्ख परेँ ।

०००
आरुबारी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x