साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुकाे सराद्धेकाे अघिल्लाे दिन

तर बा ! चट्ट नलाइकन काेही ठूलाे मान्छे बन्दैन विदेशी रङ्ग नचढाई यहाँ कसैले पनि गन्दैन यही कुराले मन बहलाएँ कान्छा ! बाबुकाे सराद्धेकाे अघिल्लाे दिन बिना सितन नै काम चलाएँ कान्छा !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

दुई चार अदुवाका टुक्राहरु टाेकियाे
बिटुलाे पारिएन भान्छा ।
बाबुकाे सराद्धेकाे अघिल्लाे दिन
बिना सितन नै काम चलाएँ कान्छा !

कपाल काटिएकै थियाे
पितृलाई ढाँटिएकै थियाे
छलीछलीकन कागतीकाे टुक्रा चाटिएकै थियाे
सुरुप्प घैलेस्वरकाे आचमनीय दिएपछि
भनें यतिले नै आजलाई मन मान्छ
बाबुकाे सराद्धेकाे अघिल्ला दिन
विना सितन नै काम चलाएँ कान्छा !

हुनत बा ज्युँदाे हुँदा नै याे सिकिएकाे हाे
आँच ब्राे र यार भाइमा बिकिएकाे हाे
नक्कली आधुनिकतामा टिकिएकाे हाे
तर त्याे भित्र थियाे
कसैले थाहा नपाउँने मित्र थियाे
बासम्म यसकाे गन्ध गएन
जिउँदो छन्जेल बा ले चालपाउनु भएन ।

जिउँदो छन्जेल बा भन्नुहुन्थ्यो
बुझिराख नानी
कहिले पनि नखानु है खरा पानी
ठूलाे मान्छे बन्नुपर्छ
तर बा ! चट्ट नलाइकन काेही ठूलाे मान्छे बन्दैन
विदेशी रङ्ग नचढाई यहाँ कसैले पनि गन्दैन
यही कुराले मन बहलाएँ कान्छा !
बाबुकाे सराद्धेकाे अघिल्लाे दिन
बिना सितन नै काम चलाएँ कान्छा !

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x