टोयलेट मोड़ (९)
इन्द्रेको बाबु चन्द्रेकै मान्छे भए पनि हाम्रा टोयलेटबाबु लोभिने खाल्का मान्छे हुँदै होइनन्...डोण्ट टेक इजी हिम... अब होम स्टेको बहानामा हाम्रो पहाड़का जम्मैलाई उठीवास लाउने तिमारको षड़यन्त्र मैले बुझिसकेको छु...
कृष्ण प्रधान :
टोयलेट मोड़ ८ को अन्तिम अंश
गोपाल : (लेघ्रो तान्दै) ए माइली रातो मा रुमाल फिलिली
उरायो बोता…सै ले उड़ायो बोता…सै ले
लैजाम् लैजाम् मोनमा लाग्छो
क्या को बाधा पोर्छो (श्रीमतीलाई जबरजस्ती तानेर नाच्न लाउँछ…सबै नाँच्छन्).. ओहो…मुलाई ता नोष्टालजिक भयो। तर उति बेलाजस्तो ड्यान्स कोरनु साकदैन..नि…
नेपथ्यबाट (वकी टकी) गेरी गाँव में बटालियन का तीन जवानों को कुकुरी से काट गिराया….सर…
सीआरपीएफ : हल्लो…शुट देम….आई एम कमिङ……(सीआरपीएफ प्रस्थान। [सीआरपीएफहरू दुगुरेको बुटको आवाज। नेपथ्यमा अविराम बन्दुक पड़्केको आवाज मञ्चभरि थुरिन्छ। नारीहरू चिच्याएका आवाजले टोयलिटभित्र पस्छ। टोयलेटबाबु अक्क न बक्क परेर सीआरपी प्रस्थान भए तर्फ वाल्ल परेर हेरिरहन्छ]।
क्रमश: मञ्च विस्तारै अँध्यारो हुन्छ ।
टोयलेटबाबु : जे गाउनु भो दामी गाउनुभो
बले : (थपड़ी मार्दै) एक्सलेण्ट….
बनानी : ओननो टाओ कोरोना गो…
गोपाल : कोन टा….
बले : कोरेन कोरेन…खाराक खुरुक गान कोरेन
बनानी : ओइ जो …पापी बादोलो….
गोपाल : से गान टो तो…वोर्णान कोरा जाइना गो…
बनानी : कोरोना ना गो प्लिज…
टोयलेटबाबु : लु लु…गाउनोस् गुपालबाबु
गोपाल : (लेघ्रो तानेर) हे पापी बादोल किनो छेकछो
मायालु बोसने पाखालाई
नछोको बादोल मेरो मायाको खानीलाई….
दुवै : वाह…वाह….एके बारे पोको पारे सुन्दोर गान…(गोपाल फुर्केर भुतुक्कै हुन्छ)
बनानी : (बाठी भएर) गोपाल स्यार सुधु गान मात्रै कोरेना…भानुजोयोन्ती कार्जोक्रोम मा खूब दामी स्पिच दिन्थ्यो नि। माने साहेबलाई नेपाली साहित्योबारे जुति नोलेज छ नि मो ता गोर्बो कोरेर भन्छो यहीँका नेपालीहरूलाई उति सोक्तैन।
टोयलेटबाबु : हो त्यो ता…मलाई थाहा छ। तपाईहरूलाई रवीन्द्रनाथका कविताहरू मुखस्थ हुन्छ …हाम्राहरूलाई भानुभक्तो देवकोटाका कविताहरू कतिलाई मुखस्थ होला…
बले : स्कूलको पाठ्यक्रमतिर ता भानुभक्त देवकोटा हराइसके…अरु ता के कुरा गर्नु?
बनानी : देjकोटा विषय ता गुपालबाबुलाई पूरै थाहो छो नि…
टोयलेबटबाब’ : ओ…हो…लु न गुपालबाबु देबकोटाबारे यसो सुनुम् न…
गोपाल : (फुर्कै हुँदै) उबेल देबकोटा जोयोन्तीमा वक्तव्यो देको…यति बेलासम्म याद रहनछो? आश्चचोरजो माथा खोराब….
बले : कनीकुथी भनुन् न…
बनानी : बोले दाऊ न…बापी…जोतो टुक पारो….
गोपाल : पहाड़ मा हुने भानुजोयोन्ती, देबकोटा जोयोन्ती मा मोलाई चिफ गेष्टमा इन्भाइट कोरथियो। जानै पर्ने। जोति ज्ञान थिए…त्यति बोलिदिन्थे नि…हँ…फोरेष्ट एरियाका जुबा बोर्गोदारा आयोजन कोरेको देबकोटा जोयोन्ती मा वक्तव्यो दिएको थिएँ…त्यो बक्तोव्यो मेरो जीवनको सबीभन्दा एक्सलेण्ट वक्तव्यो थियो….
टोयलेटबाबु : लु त्यै सुनाउनुहोस् न गुपालबाबु….
गोपाल : (गोपला विश्वकर्मको निजी संवाद। सबै उऩको प्रशंसामा लाग्छन्) एउटा कुरा सोध्नु मोन कोरयो टायलेटबाबु। (बनानी टोयलेटभित्र पस्छे)
टोयलेटबाबु : एउटा मात्रै दसवटा सोध्न सक्नुहुन्छ।
गोपाल : चारैतिर होस स्टे…होस स्टे देख्छु…पहारका सबैजसो होम स्टे खोल्नपाटि लागेको देख्छु बट तोपाई एई टायलेट ब्याबसा कोरेर बस्ने ?
बले : चार पुस्तादेखि यही टोयलेट चलाइरहेछन् टोयलेटबाबुहरूले। (बनानीको प्रवेश)
बनानी : (नाक थुन्दै) उ….मा…कि गन्धो…सज्जो कोरा जाइना गो….यो टायलेट बन्दो कोरिदिनु अब…
टोयलेटबाबु : बन्द गरे के खानु अन्त ?
गोपाल : जहाँ इच्छा तहाँ उपाय। होम स्टे खोल्नोस्…बहुत नाफा छ….
बले : होम स्टे कि होम आवे?
बनानी : यति विराट जायगा….यहाँ ता होम स्टे खूब चोल्छो।
टोयलेटबाबु : पासमा दमड़ी छैन राँड़ी फकाउनु भनेको यही हो….
गोपाल : क्यानो? क्यानो ?
बले : होस स्टे खोल्नलाई कुति दमड़ीको आवश्योकता पोरछो ?
बनानी : अरे…चिन्ता किसेर…यहाँ होम स्टे खोल्न यो जायगा हामीलाई लिज मा दिदिनोस्….
गोपाल : येस…कति लिनुहुन्छ पोनचास् लाख एक करोड़?
बले : यो ता नदुःखेको टाउको चोयाले बाँधेर दुःखाएकै बराबर होइन र ?
टोयलेटबाबु : यहाँ होम स्टे खोल्न दिनेहरू अहिले त्यै होम स्टेमा काम गर्ने भएका छन्। यो टोयलेटबाबु यस्तो हुन चाहन्नँ। तपाईहरू भ्रममा नपर्नोस्…
बनानी : ओरे बाबा…कुति पैसा चाहिन्छो? यहाँ हामीलाई होम स्टे खोल्न दिनोस्। एक सेकेण्डमै मालामाल भइजान्छो। नो टेनसान।
गोपाल : यो जायगा मा होम स्टे खूब भालो चोल्छो। मेरो उता प्लेनमा बहुत ठूलो सोर्स छो…टुरिष्ट जोति यही थुपारीदिन्छो। तपाई कुति लिनुहुन्छ? फाइनल कोरिहाल्नोस्….
बले : हगे हग् मुते काड़् गएर भएन नि।
टोयलेटबाबु : म आजीवन टोयलेट नै चलाएर बस्छु….तर सामान्य पैसाको लोभमा होम स्टे खोल्न कसैलाई पनि दिदिनँ….एक दिदिनं….दुइ दिदिनँ….तीन दिदिनँ।
गोपाल : मो कोसको मान्छे हो थाहा छो ?
बले : इन्द्रेको बाबु चन्द्रेकै मान्छे भए पनि हाम्रा टोयलेटबाबु लोभिने खाल्का मान्छे हुँदै होइनन्…डोण्ट टेक इजी हिम….
बनानी : द्याखो भाइ हामी कुति आशाले आयो….तुपाईहरू तेसतो नकोरनोस् न…प्लिज।
टोयलेटबाबु : जानोस्…यहाँबाट तपाईहरू….अब होम स्टेको बहानामा हाम्रो पहाड़का जम्मैलाई उठीवास लाउने तिमारको षड़यन्त्र मैले बुझिसकेको छु…..(प्रचण्ड रिसाएर) गेट लस…(नेपथ्यतिर हेर्दै) साइँला…मेरो खँदुवा ले…ले…छिट्टो…होम स्टे खोल्न उक्साउनेको गिदी छिल्लीबिल्ली पारिदिन्छु…..(गोपाल र बनानी सुइँको ठोक्छन्)
मञ्च बिस्तारै अँध्यारो हुन्छ। क्रमशः
०००
सिलिगुड़ी (भारत)
मोहक